६ वैशाख २०८१ बिहीबार
खेल

वडाध्यक्ष कपको उपाधि फ्युजन क्लबलाई

बिहीबार भएको फाइनलमा उपाधिका लागि भिड्दै विजेता फ्युजन खेलाडी (निलो जर्सी) मा। तस्बिरः महेश्वर

सदरमुकाम त्रियुगा नगरपालिका ५ द्वार आयोजित ‘वडाध्यक्ष कप फुटबल प्रतियोगिता ०७९’को उपाधि फ्युजन क्लब बोक्सेले चुमेको छ। बिहीबार सम्पन्न फार्यनल खेलमा त्रियुगा नगरपालिका १० बोक्सेस्थित फ्युजनले सगरमाथा फुटबल क्लब त्रियुगा नगरपालिका ८ राजाबासीलाई २–१ गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

त्रिनपा ५ देउरीस्थित बालुवाटार खेलमैदानमा भएको फाइनलमा खेल सुरु भएको २४ औँ मिनटमा सगरमाथाका खेलाडी डेबिट चौधरीले गोल गरेर आफ्नो समूहलाई अघि बढाएका थिए। तर, मध्यान्तरपछि बिपक्षीको लगातार २ गोलको जवाफ फर्काउन नसक्दा सगरमाथा १ गोलमै सीमित हुँदै पराजय भोग्नु पर्‍यो।  

मध्यान्तरपछि ४६ औं मिनटमा फ्युजनका खेलाडी सञ्जय भुजेलले एक गोल गर्दै खेललाई बराबरी बनाए। लगत्तै ४ मिनटपछि ५० औं मिनटमा अर्का खेलाडी अनमोल राईको प्रहारले जाली चुमेपछि फ्युजन सगरमाथाभन्दा दोब्बर गोलले अघि बढ्यो। बाँकी समय दुवैपक्षबीच गोल गर्ने प्रतिस्पर्धामा बिताए पनि कुनै पक्षबाट गोल हुन नसकेपछि २–१ लाई नै नतिजाको आधार बनाउनु परेको थियो।  

विजेता फ्युनले वडाध्यक्ष कपसँगै ४० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेतालाई २० हजार नगदका साथ सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। बिहीबारै आयोजित समापन समारोहमा त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले विजेता तथा उपविजेता खेलाडीहलाई पुरस्कार, कप तथा प्रमाणपत्र प्रदान गरिन्। कार्यक्रममा त्रियुगा ५ का वडाध्यक्ष उद्धवसिंह थापाले विधागत खेलाडी, टिम व्यवस्थापक, एम्पायरलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।  

प्रतियोगिता वडा खेलकुद विकास समितिको प्रायोजनमा स्थानीय श्रीपुर फुटबल क्लबले आयोजना गरेको हो। वडा कार्यालयको सहयोगमा क्लबले बिगतदेखि नै प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष विष्णु भुजेलले बताए। अध्यक्ष भुजेलका अनुसार यस वर्षको प्रतियोगितामा नगरपालिकाका विभिन्न वडाका ८ खेल समूहले भाग लिएका थिए।

प्रकाशित: ९ चैत्र २०७९ १३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App