१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

बुटवलमा लालपुर्जाविहीन जग्गाको सर्भे सुरु

बुटवल उपमहानगरपालिकाले लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ। नाप जाँच हुन बाँकी रहेका पुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको हो। 

राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकहरुमा डीजीपीएस सर्भे सुरु गरिएको नगरपालिकाले जनाएको छ। बिहीबार वडा नं. ११ स्थित सिर्जनानगरमा सर्भेको सुरुवात गर्दै नगरप्रमुख खेलराज पाण्डेयले लालपुर्जा नपाएकाहरुलाइ आवश्यक प्रक्रिया पुराएर दिलाउन नगरपालिका कटिबद्ध रहेको बताए। 

लालपुर्जा प्राप्तीकालागि उपमहानगरले भूमि आयोगसँग निरन्तर सहकार्य गरिरहेको नगरभित्रका सबै ब्लकहरु नाप जाँचको प्रक्रियामा जाने जानकारी गराए। नाप जाँच सुरु भएको २,११ र १२ मा छिटै लालपुर्जा प्राप्तिको प्रक्रिया अगाडी बढ्ने उनले बताए।

नगरपालिकाका भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले वडा नं। २ मा ३ सय,११ मा ४ र १२ नम्बर वडामा करिब १२० घरधुरीको नाप जाँच अगाडी बढेको जानकारी दिए।  डीजीपीएस सर्भे सम्पन्न भएपछि नाप जाँच हुने र भूमि आयोगमा सिफारिस गरेर पठाएपछि लालपुर्जा प्राप्तिको प्रक्रिया अगाडी बढ्ने भुर्तेलले बताए। डीजीपीएस सर्भेमा उपमहानगरका ५ जना सर्वेक्षक खटिएको सर्भे पुरा भएलगत्तै नाप जाँचको काम सुरु गर्ने नगरपालिकाका सर्वेक्षक त्रिदेव बुढाथोकीले बताए।

प्रकाशित: ९ चैत्र २०७९ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App