खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा यसवर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
नगरपालिकाको प्रायोजन तथा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा ‘अन्तरमाध्यमिक विद्यालयस्तरीय छैठौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०८२’सुरु भएको हो ।
प्रतियोगितामा नगरभित्र सञ्चालित माध्यमिकस्तरका सामुदायिक तथा सँस्थागत विद्यालय र छात्रछात्रा सहभागी हुदैछन् । आयोजक खेलकुद विकास समितिका अनुसार प्रतियोगितामा नगरभरिका १२ सामुदायिक र एक सँस्थागत गरि १३ विद्यालयका छात्रछात्राको सहभागिता छ । प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० काँश्य पदकका लागि प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा एथ्लेटिक्स, भलिबल र कबड्डीमा प्रतिस्पर्धा गराइनेछ ।
प्रकाशित: २६ पुस २०८२ २१:३० शनिबार





