२८ माघ २०८२ बुधबार
image/svg+xml
खेल

न्यु डायमन्ड बन्यो च्याम्पियन

न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले केएनपी नेरोलेक नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । न्यु डायमन्ड अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–२२, २५–१८, १५–२५ र २७–२५ को सेटमा पराजित गर्‍यो ।

उपाधिसँगै न्यु डायमन्डले पाँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको नेपाल पुलिस क्लबले दुई लाख ५० हजार रुपियाँ हात पार्दा तेस्रो स्थानमा रहेको एपिएफ क्लबले एक लाख २५ हजार रुपियाँ पुरस्कार पायो ।

तेस्रो स्थानका लागि भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २५–१३, २५–२३ र २५–१८ को सोझो सेटमा पराजित गरेको थियो । पुस २३ गतेदेखि सुरु भएको प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको थियो ।

कुल १४ लाख रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपियाँ प्रदान गरिएको थियो भने प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ ले १५ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका थिए ।

 

प्रकाशित: २६ पुस २०८२ २१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App