१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

अवैध हातहतियार बुझाउन कास्की प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय, कास्कीले कुनै व्यक्ति वा समूहसँग अवैध हातहतियार भएमा आगामी माघ १५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचित गरेको छ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गर्न कार्यालयले सार्वजनिक सूचनामार्फत उक्त आग्रह गरेको हो। तोकिएको समयमा हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुनबमोजिम हुने जनाइएको छ।

कार्यालयले निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन तयारी अगाडि बढाएको छ।

प्रकाशित: २६ पुस २०८२ २१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App