२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गोरखाको हिउँमा फसेका दुई जनाको ह्याम्स हस्पिटलमा उपचार

गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने क्रममा हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको अहिले ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ। 

बुधबार साँझदेखि हिउँ पहिरोमा फसेका पूर्वी नवलपरासीको दलदले निवासी २६ वर्षीय सौरभ खनाल र उनकी साथी २२ वर्षीया अनिता घले गुरुङलाई बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो।

ह्याम्स हस्पिटलका एक कमचार्रीले उनीहरुको इमर्जेन्सी उपचार भई रहेको जानकारी दिए। उनले भने, ‘इमर्जेन्सी उपचार भई रहेको छ। रिपोर्ट आउन बाँकी छ।’

उनीहरुलाई चुमनुब्री गाउँपालिकाको अप्ठेरो ठाउँमा फेला पारेर उद्धार गरी साढे २ घण्टाको बाटोमा रहेको धर्मशालामा ल्याइएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए। त्यहाँबाट काठमाडौँको ह्याम्स हस्पिटल लैजान नेपाली सेनाको हेलिकोप्टर पठाइएको उनले बताए।

उनले भने, ‘राति साढे १२ बजे स्थानीयले उनीहरुलाई सकुसल फेला पारेका थिए। उनीहरुलाई उद्धार गर्न करिब १७ जना स्थानीय गएका थिए। दुवै जनालाई साढे २ घण्टा तल रहेको धर्मशालामा ल्याएर सुप पनि खुवाइएको पाए। त्यसपछि उनीहरुको केही सामान्य अवस्था भएको पाए।’

प्रजिअ भुसालका अनुसार उनीहरु कसरी त्यस्तो अप्ठ्यारो ठाउँसम्म पुगे भन्ने खुलेको छैन।

प्रकाशित: ९ चैत्र २०७९ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App