१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

वडाध्यक्ष कप: फ्युजन र सगरमाथा फाईनलमा

अन्तिम सेमिफाईनलमा भिड्दै फ्युजन र सगरमाथाका खेलाडी।

सदरमुकाम त्रियुगा नगरपालिका ५ मा सातादिनयता जारी ‘वडाध्यक्ष कप फुटबल प्रतियोगिता ०७९’ को उपाधिका लागि फ्युजन क्लब बोक्से र सगरमाथा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। 

अघिल्लो दिन सम्पन्न अन्तिम सेमिफाइनल खेलमा स्वर्णिम क्लब देउरीलाई हराउँदै वडा नं. १० बोक्सेको फ्युजन क्लब फाईनलमा प्रवेश गर्दै सगरमाथासँग उपाधिका लागि स्पर्धा गर्ने भएको हो।

त्रियुगा नगरपालिका ५ देउरीस्थित बालुवाटार खेलमैदानमा भइरहेको प्रतियोगिताको मंगलबार सम्पन्न अन्तिम सेमिफाइनलमा फ्युजन २–० गोलको अन्तरले फाईनलमा प्रवेश पाएको हो। खेल सुरु भएको १५ औँ मिनेटमै स्वर्णिमका खेलाडीबाट डि एरियामा ‘ह्याण्ड टच’ भएपछि फ्युजनले पेनाल्टी सुट गर्ने मौकाको उपयोग गर्दै गोल गर्न सफल भएको थियो। 

फ्युजनका प्रबिण राईले पेनाल्टी सुटमा विपक्षीको जाली चुम्दै आफ्नो टिमलाई अगाडि बढाएकोमा मध्यान्तरपछि ५८ औँ मिनेटमा अर्का खेलाडी सनम राईको प्रहार गोलमा परिणत भएको थियो। नबल तामाङको क्रस बलमाथि प्रहार गर्दै टिमलाई दोस्रो गोल दिन सफल हुनु नै विपक्षीका लागि शूल्यविरुद्ध २ गोलको भारी पर्न गयो। अन्तिम सेमिफाइनलको म्यान अफ द म्याच फ्युजनकै नबल तामाङ घोषित भए।

वडा खेलकुद विकास समितिको प्रायोजनमा श्रीपुर फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा सोमबारकै खेलमा सगरमाथा फाईनल प्रवेश गरिसकेको छ। नगरपालिकाका विभिन्न वडाका ८ समूहको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल ९ गते बिहीबार दिउसो हुने आयोजक वडाध्यक्ष उद्धवसिंह थापाले बताएका छन्।

प्रकाशित: ८ चैत्र २०७९ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App