गण्डकी सरकार: दीर्घकालीन असर गर्ने निर्णय नगर्न एमाले र माओवादीको आग्रह
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर गर्ने कुनैपनि निर्णय नगर्न सचेत गराएका छन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर गर्ने कुनैपनि निर्णय नगर्न सचेत गराएका छन्।
सङ्घीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभा अध्यक्षका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुनेछ।
राष्ट्रियसभाको अध्यक्ष चुन्न मंगलबार निर्वाचन हुने भएको छ। राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सभाको अध्यक्षता गरेकी उर्मिला अर्यालले मंगलबार अध्यक्ष चयनका लागि निर्वाचन हुने जानकारी गराएकी हुन्।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक अहिले तीन बजे बस्ने भएको छ। उक्त बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेर नयाँ बनाएपछि त्यसको असर संघीय सरकार र संसदdf मात्र होइन, प्रदेशमा पनि परेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एकीकृत समाजवादी पार्टीबाट बनेका आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीलाई बिहीबार बर्खास्त गरेका छन्।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनीमा डिल्लीबहादुर चौधरी नेतृत्वको प्रदेश सरकार जोखिममा सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार भने सुरक्षित छ। यद्यपी तीनवटै प्रदेशमा थप अन्य दलले लिने निर्णयमा सरकारको भविष्य निर्धारण गर्नेछ।
कांग्रेसको ठाउँ प्रमुख प्रतिपक्ष रूपमा रहेको नेकपा (एमाले) उसको ठाउँमा भित्रिएको छ। नेपाली सन्दर्भमा सरकारले बेला न कुबेला कोल्टे फेरिरहनु सामान्य भएकाले आमजनतालाई यस्ता घटनाले खासै फरक पारेको देखिन्न।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो सरकारमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्ला ६ वर्षमा नेपाली कांग्रेसलाई तीन सरप्राइज दिएका छन्।
माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा सहभागी उसका २ मन्त्री बर्खास्त गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन्।
नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाएको बारेमा नेकपा एकीकृत समाजवादी बेखबर छ। नेकपा एसलाई यस विषयमा कुनै पनि जानकारी नभएको पार्टीका प्रचार विभाग जगन्नाथ खतिवडाले बताए।
जसमा जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव, नेकपा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट वर्षमान पुन र रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने भएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बुझिएको छ।