२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार तय गर्न माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक अहिले तीन बजे बस्ने भएको छ। उक्त बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो।

बैठकले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने मिति तोक्ने बताइएको छ।

राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुन लागेको छ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन हुन लागेको हो।

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन टुङ्ग्याउन सत्ता साझेदार दलहरूसँग आजै छलफल गर्दैछन्। तरपनि आगामी बुधवार विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री दाहाल रहेको बुझिएको छ।

प्रकाशित: २७ फाल्गुन २०८० १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App