१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नयाँ बन्ने सरकारमा जसपा यथावत, रास्वपाबाट सभापति आफैँ जाने

माओवादी अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको काँध फेरेसँगै सानो आकारको मन्त्रिपरिषद बनाउने भएका छन्। जसमा जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव, नेकपा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट वर्षमान पुन र रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने भएका छन्।

माओवादी नेताहरुले अहिलेको गठबन्धन फेरिनुलाई वामपन्थी एकताका लागि कोर्स करेक्सन गरेको बताउँदै आएका छन्। माओवादी सचिव देवेन्द्र पौडेलले सबै वामपन्थीहरुलाई एकताबद्ध बनाउने कोसिस अन्तर्गत गठबन्धनमा परिवर्तन आएको बताएका छन्।

कांग्रेससँग गठबन्धन गरेर संघीय संसदको निर्वाचनमा ३२ सीट हासिल गरेको माओवादीले निर्वाचनपछि एमालेलाई साथ लिएर सरकार बनाएको थियो। २०७९ पुस १० गते एमालेको काँधमा टेकेर प्रधानमन्त्री बनेका दाहालले एक वर्ष अघि रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने गरी कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन बनाउन सफल भएकार थिए। त्यतिबेला कांग्रेस नेकपा एसलगायतका दलहरुले वाम लोकतान्त्रिक गठबन्धनमा आएको भन्दै सरकारमा दाहाललाई प्रधानमन्त्रीको रुपमा स्वीकार गरेका थिए।

साथै विकसित राजनीतिक घटनाक्रमपछि प्रतिनिधि सभाको पूर्वनिर्धारित बैठक स्थगित भएको छ। संसद सचिवालयका एक अधिकारीले बैठक स्थगित हुने बारेको मौखिक जानकारी आएको भन्दै केहीबेरमै बैठक स्थगितबारे सूचना निकाल्ने तयारी गरेका छन्।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो भने प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसूची थियो। बैठक स्थगित भएपछि प्रधानमन्त्रीको सम्बोधन कार्यक्रम स्वतः रोकिएको छ।

प्रकाशित: २१ फाल्गुन २०८० ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App