१४ आश्विन २०८१ सोमबार
image/svg+xml

मान्छे खाने बाघ नियन्त्रणमा लिइयो

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरस्थित जंगलमा बुधबार बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो।

किसान पेन्सनः कहीँ नपुगिने बाटो

कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशका पशु पालक कृषकका लागि गोठालो भत्ता सुरु गरेको छ। मासिक १५ सय रुपियाँ उपलब्ध गराइने यस्तो भत्ता माग गर्दै जुम्लाबाट मात्र २६५ गोठालाको निवेदन परेको छ। यस्ता निवेदन छानबिनपछि वास्तविक ठहरिएकालाई यस्तो भत्ता दिने कर्णाली सरकारले बताएको छ।

बाँकेको फत्तेपुरमा बाघले फेरि मान्छे मार्‍यो

बाँकेको राप्तीपारि फत्तेपुरमा पाटेबाघले फेरि मान्छे मारेको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ६० वर्षका धनबहादुर चलाउनेलाई शनिबार बिहान पाटे बाघले आक्रमण गरेको हो।

कर्मचारीलाई कोरोना फैलिएपछि बाँके प्रशासन बन्द

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कार्यालयका केही कर्मचारीलाई संक्रमण पुष्टी भएकाले अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरिएको जानकारी दिए।

लागुऔषधसहित १६ जना प्रहरी नियन्त्रणमा

चिवतनबाट हेटौंडातर्फ जाँदै गरेको लु ३ च ९७४ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सो लागुऔषधसहित फेला पारी गाडी चालक थिङसमेत तीन जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ।

फत्तेपुर जंगलमै बाघको ताजा पाइला भेटिएपछि नियन्त्रणमा लिन आहारा छाडियो

बाँकेको राप्तीपारि आतंक मच्चाइरहेको पाटे बाघ रहेको सम्भावित स्थान पत्ता लागेको छ।

निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा श्रेष्ठ निर्वाचित

नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धवप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार राती सार्वजनिक भएको मत परिणाम अनुसार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतको अन्तरले पराजित गरेका हुन्।

बाघ नियन्त्रण गर्न प्राविधिक पुग्दै बाँकेको राप्तीपारी

बाँकेको राप्तीपारी दिनहुँ आतंक मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिने तयारी गरिएको छ। राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको थियो। स्थानीय प्रहरीका अनुसार बिहान साढे १० बजेतिर सदाबहार सामुदायिक वनभित्र दाउरा काट्न गएकी चाँदनीलाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको हो। घटनास्थल मानव बस्तीबाट करिव ५ किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ।

चार दिनदेखि बाँकेमा लगातार बाघको आक्रमण

बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए। झाडीमा लुकेर बसेको बाघले आक्रमण गर्ने प्रयास गरे पनि उनी रुखमा चढेर जोगिए। उनका बाख्रा भने पाठेबाघले खाएको थियो। रुख चढेर उनले ज्यान बचाए।

चिसोले छट्पटाउँदै विपन्न, चुपचाप सरकार

प्रदेश २ को मानव विकास सूचकांकअनुसार यहाँको बहुआयामिक गरिबी दर करिब ४८ प्रतिशत छ। गाँस, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ। नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ। बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ।

बाँकेमा बाघ आतङ्क: तीन महिनामा तीन जनाको लियो ज्यान

बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ। पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ।

बाँकेमा शीतलहर सुरु, जनजीवन प्रभावित

शनिबार रातिदेखि बाँकेको नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रमा शीतलहर सुरु भएको हो। शीतलहर सुरु हुँदा विपन्न, बृद्धबृद्धा, बालबालिका, दीर्घरोगी तथा दैनिक ज्यालादारी काम गर्ने मजदुर प्रभावित भएका छन्।

बाँकेसहित १६ जिल्लामा कांग्रेसको निर्वाचन पुस २७ गते तोकियो

नेपाली कांग्रेस बाँकेको निर्वाचन पुस २७ गते हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार बाँकेसहित निर्वाचन हुन बाँकी रहेका जिल्लाको एकैदिन निर्वाचन समय तोकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्