४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

५५ लाख बढीको चाँदी बरामद

चाँदीका गरगहना बरामद गर्दै दैलेख प्रहरी। तस्बिरः गोविन्द केसी/नागरिक

दैलेख प्रहरीले ५५ लाख ४० हजार १ सय ३९ रुपैयाँ बराबरको चाँदी जस्तो देखिने गरगहना लगायत विभिन्न सामाग्री बरामद गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले अवैध रुपमा ल्याईएको चाँदी लगायतका गरगहना बरामद गरेको हो।

सुर्खेतबाट दैलेख आउँदै गरेको भे१च ३२१३ नम्वरको डवर क्याप बोलेरोमा अवैध चाँदी र अन्य सामाग्री ल्याएको सूचना पाएपछि प्रहरीले चुप्राबाट बरामद गरेको थियो। सेल्स मेनका रुपमा काम गछु भन्ने कैलालीको नारायणपुर घरभई हाल तुल्सीपुर उपमहानगरपालिका १७ बस्ने डम्वरप्रसाद ढुंगाना र चालक कैलाली टिकापुर घर भई हाल वीरेन्द्रनगर ४ एरिचौक बस्ने दिपक पाण्डेसंग खोजतलास गर्दा गाडीबाट गरगहना सहित अन्य सामान बरामद गरिएको दैलेख प्रहरीले जनाएको छ।

२१.७२५ किलो विभिन्न चाँदीका गरगहनाको मूल्य २४ लाख ७६ हजार ६ सय ५० रुपैयाँ, पोते, पत्थरहरु, गहना राख्ने डिब्वाहरुको अन्दाजी १ लाख ६३ हजार ४ सय ८९ रुपैयाँ र बोेलेरो गाडीको मुख्य २९ लाख गरि ५५ लाख ४० हजार १ सय ३९ रुपैयाँ बराबर बरामद भएको रहेको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए। अवैध सामाग्री बरामद गरि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०७८ १५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App