२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाँकेसहित १६ जिल्लामा कांग्रेसको निर्वाचन पुस २७ गते तोकियो

नेपाली कांग्रेस बाँकेको निर्वाचन पुस २७ गते हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार बाँकेसहित निर्वाचन हुन बाँकी रहेका जिल्लाको एकैदिन निर्वाचन समय तोकेको हो।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पुस २७ गते निर्वाचन तोकिएको जानकारी दिए। ‘बाँकेसहित निर्वाचन हुन बाँकी रहेका सबै जिल्लाको निर्वाचन पुस २७ गतेका लागि तोकियो,’ नागरिकसँग भने, ‘निर्वाचनको तयारी अबको केही दिनमै सुरु हुन्छ।’

उनका अनुसार बाँकेसहित १६ जिल्लामा एकैसाथ निर्वाचन हुनेछ। यही पुस २७ गते बाँके, चितवन, मकवानपुर, अछाम, कैलाली, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, नवलपुर र सिन्धुपाल्चोकको निर्वाचन हुनेछ।

यसअघि विभिन्न प्रदेशको निर्वाचनका कारण जिल्ला तहको निर्वाचन अन्तिम समयमा स्थगित भएको थियो। जिल्ला तहको निर्वाचन स्थगित भएपनि प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधिहरु यि जिल्लाबाट केन्द्रीय निर्वाचनमा सहभागी भएका थिए। अब हुने जिल्ला तहको निर्वाचनमा यसअघि तोकिएका निर्वाचन अधिकृत खटिने घिमिरेले जानकारी दिए। ‘जिल्ला निर्वाचनका लागि यसअघि नियुक्त भएका निर्वाचन अधिकृत नै खटिनेछन्,’ उनले भने।

प्रकाशित: १२ पुस २०७८ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App