१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बाँके क्षेत्र २ को सभापतिमा गुप्ता पुनः निर्वाचित

स्थानीय भेरी प्राविधिक शिक्षालयमा सम्पन्न सभापतिसहित पदाधिकारीको मत गणनामा सभापति पदमा गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। गुप्ताले २३९ र निकटतम प्रतिद्वन्द्वी बिरेन्द्र शाहले १९१ मत प्राप्त गरे।

बाँके कांग्रेसको सभापतिमा नेता कुर्मीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता एवम् पूर्वसभासद बादशाह कुर्मीले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचनमा सभापति पदमा उठ्ने घोषणा गरेका छन्।

बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित

नेपाली कांग्रेस बाँकेको क्षेत्रीय सभापतिमा पोषण केसी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी संस्थापन(देउवा)पक्षका माधवराम खत्री(ढकाल)लाई ४७ मतले हराउँदै संस्थापन इतर(कोइराला पौडेल) पक्षका केसी निर्वाचित भएका हुन्।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को मतदान स्थगित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा हुँदै गरेको मतदान एक्कासी स्थगित भएको छ।

बाँकेमा फेरि बाघले मान्छे खायो

उनी गाई चराउनभन्दै २५ गते घरबाट निस्केका थिए। गाई चराउन जंगल गएका उनलाई खोजतलास गर्दा शनिबार राति बाघले खाएको अवस्थामा शव भेटिएको स्थानीयको भनाइ छ।

कांग्रेस निर्वाचन समितिको सचिवालयमा लागेको ताला खुल्यो

क्रियाशील सदस्यताको विषयमा असन्तुष्ट समूहले नेपाली कांग्रेस बाँकेस्थित निर्वाचन समितिको सचिवालयमा लगाएको ताला खोलेको छ। असन्तुष्ट समूहले बिहीबार अपरान्ह सवा ५ बजेतिर ताला खोलिएको हो।

तालाबन्दीले बाँकेमा कांग्रेसको निर्वाचन अन्यौलमा

बाँकेमा नेपाली कांग्रेसको निर्वाचन माहोल तात्तिरहेका बेला क्रियाशिल सदस्यता विवाद पुनः बल्झिएपछि अन्यौलता छाएको छ।

महाधिवेशनले पार्टीलाई ‘पुनर्जीवित’ गर्ने कांग्रेस नेताको विश्वास

नेपाली कांग्रेसका नेताले आसन्न १४ औं महाधिवेशनले पार्टीलाई ‘पुनर्जीवित’ गर्ने विश्वास गरेका छन्। नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन्।

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ। नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ।

अधिवेशन नहुँदा पार्टी वैधानिक संकटमा परेको छः वरिष्ठ नेता पौडेल

पार्टीको अधिवेशन कार्यतालिका अनुसार हुन नसकेको भन्दै वरिष्ठ नेता पौडेलले चुनावी कार्यतालिका यताउता भएपछि संकट आउन सक्न भनेर आफूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै आएको बताए।

अपरिपक्व निर्णयको अलमल

यस पटकको नियुक्ति प्रकरणले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई विवादमा ल्याएको छ। यो कुनै अर्थमा उचित होइन। उनी विवादमा आउनु भनेको स्वतन्त्र न्यायालयको छविमै आँच आउनु हो। यो विषय यत्तिकै उठेको होइन। हावा नचली पात हल्लिँदैन। अतः यस विषयमा छानबिन हुनुपर्छ।

‘राजनीतिक योगदानले मन्त्री भएको हुँ’

बाँकेका गजेन्द्रबहादुर हमाल नेपाली कांग्रेसका पुराना नेता हुन्। २०२५ सालबाट कांग्रेसमा आबद्ध हमाल नेविसंघको जिल्ला अध्यक्ष हुँदै नेपाली कांग्रेस बाँकेको जिल्ला सभापतिसमेत भएर काम गरिसकेका छन्। करिब ४५ वर्ष कांग्रेसको सक्रिय राजनीति गरेका हमाल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री भएको आरोप छ। हमाल प्रधानन्यायाधीश जबराका जेठान पर्ने भएकाले उनकै कोटाबाट मन्त्री बनेको चर्चा छ। उनै उद्योगमन्त्री गजेन्द्रबहादुर हमालसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीः

राजमार्गमा बाघको ‘राज’

पछिल्लो समय पूर्व पश्चिम महेन्द्र राजमार्ग क्षेत्र बाघका कारण असुरक्षित बन्दै गईरहेको छ। यो राजमार्गमा दिनहुँ जसो बाघ देखिने गरेको छ। यसर्थ बाघले ‘राज’ जमाएको बाँकेको पूर्व पश्चिम महेन्द्र राजमार्ग मानवीय असुरक्षाको मार्ग बन्दै गएको छ।

प्रहरी दिवसमा बाँकेका २६ जना प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार आयोजित विशेष कार्यक्रममा उत्कृष्ठ काम गरे वापत इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रविन्द्र खनालसहित २६ जना जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको हो।

सीमा नाका खोल्न आनाकानी

सीमानाका नखुल्दा नेपाल र भारतका सुरक्षाकर्मीले आवत–जावतमा कडाइ गरिरहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले पनि सीमानाका खोल्ने विषयमा माथिबाट कुनै निर्देशन नआएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्