५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाँकेमा फेरि बाघले मान्छे खायो

बाघले बाँकेमा गाई चरिचरणका लागि जंगल गएका मान्छेलाई खाएको छ। नरैनापुर गाउँपालिका–४, पण्डितपूर्वाका लखन गडरियालाई बाघले खाएको हो।  

लखनको पिठ्यूकाे भाग बाघले खाएको छ। घाँटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको प्रहरीले जनाएको छ। बाघले एउटा गाईसमेत मारेको छ। स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताइरहेका छन्। बाघले खाएको अवस्थामा शनिबार राति उनको शव फेला परेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक बसन्त गौतमले बताए। उनी गाई चराउनभन्दै २५ गते घरबाट निस्केका थिए। गाई चराउन जंगल गएका उनलाई खोजतलास गर्दा शनिबार राति बाघले खाएको अवस्थामा शव भेटिएको स्थानीयको भनाइ छ।  

नरैनापुरको पर्यटकस्थल गोबद्र्धन धामदेखि ५ किलोमिटर पूर्वपट्टि जंगलमा गडरियाको शव फेला परेको हो। यसभन्दा अघि बाँके राष्ट्रिय निकुञ्जले असोज तेस्रो साता अर्काे एकजना पुरुषलाई खाएको थियो। जंगलमा असवाधानिपूर्व सर्वसाधारणहरु जाँदा पछिल्लो समय मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ।

प्रकाशित: २८ कार्तिक २०७८ ११:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App