८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस निर्वाचन समितिको सचिवालयमा लागेको ताला खुल्यो

क्रियाशील सदस्यताको विषयमा असन्तुष्ट समूहले नेपाली कांग्रेस बाँकेस्थित निर्वाचन समितिको सचिवालयमा लगाएको ताला खोलेको छ। असन्तुष्ट समूहले बिहीबार अपरान्ह सवा ५ बजेतिर ताला खोलिएको हो। 

वडा तहको निर्वाचन सम्बन्धी काम गरिरहेको अवस्थामा असन्तुष्ट समूहले बुधबार तालाबन्दी गरेका थिए।

नयाँ थप भएर आउने भनिएका २ सय ३९ जनाको क्रियाशील सदस्यता नपठाउने कुरामा केन्द्रबाट प्रतिवद्धता आएपछि ताला खोलिएको असन्तुष्ट समूहका नेता तथा क्षेत्र नम्बर १ का सचिव डिल्ली गिरीले बताए। तालाबन्दीका कारण बिहीबार हुने भनिएको अभिमुखीकरण स्थगित भइसकेको छ।

क्रियाशील सदस्यता विवादका कारण यसअघि बाँकेको अधिवेशन रोकिएको थियो। क्रियाशील सदस्यता नविकरणका नाममा फर्जी सदस्यता थपिएको असन्तुष्ट पक्षको आरोप थियो।

यो पनि पढ्नुहोस्

तालाबन्दीले बाँकेमा कांग्रेसको निर्वाचन अन्यौलमा

यो पनि पढ्नुहोस्

बाँकेमा बढ्यो कांग्रेसको निर्वाचन सरगर्मी

प्रकाशित: २५ कार्तिक २०७८ १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App