१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा श्रेष्ठ निर्वाचित

नेपाल निजामती कर्मचारी युनियन बाँकेका नवनिर्वाचित अध्यक्ष उद्धवप्रसाद श्रेष्ठ।

नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धवप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार राती सार्वजनिक भएको मत परिणाम अनुसार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतको अन्तरले पराजित गरेका हुन्।

श्रेष्ठले २ सय ६ र उपाध्यायले १ सय ३९ मत प्राप्त गरेको निर्वाचन अधिकृत एवं अधिवक्ता प्रभाकर भट्टराईले जानकारी दिए। श्रेष्ठ यसअघि युनियन बाँकेको कार्यबाहक अध्यक्ष थिए। नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि शनिबार निर्वाचन गराइएको थियो। उक्त निर्वाचनमा एक जना सदस्यबाहेक सबै श्रेष्ठको प्यानल निर्वाचित भएको बताइएको छ।

यस्तै उपाध्यक्ष (खुल्ला) मा बेदेश्वर गौतम निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी पिताम्बर आचार्यलाई पराजित गरेका छन्। यसैगरी उपाध्यक्ष (समावेशी) मा सुरेन्द्रकुमार गुप्ता निर्वाचित भए। उनले निकटतम प्रतिद्वन्द्वी दयाराम चौधरीलाई पराजित गरेका छन्।

त्यस्तै सचिवमा निर्वाचित भएका पवन बुढाले लोकेन्द्र चन्दलाई पराजित गरे। कोषाध्यक्ष पदमा श्यामबहादुर शाही निर्वाचित भएका छन्। उनले रमेशकुमार रेग्मीलाई पराजित गरे। यसैगरी चार जना निर्वाचित हुने सदस्य (खुल्ला)मा दिपकुमार मल्ल, पवनराज भट्ट, प्रकाश पाण्डे र भिमबहादुर ठाडामगर निर्वाचित भएको भट्टराईले बताए। सदस्य (खुल्ला) मा जगबिर खत्री, राजनकुमार थापा र लोकेन्द्र बुढा पराजित भए।

सदस्य (समावेशी) मा गोकुल चिडिमार र रामकिशुन थारु निर्वाचित भएका छन्, भने प्रेमबहादुर शाही पराजित भए। तीन जना निर्वाचित हुनुपर्ने महाधिवेशन प्रतिनिधि (खुल्ला) मा नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की र राजेशकुमार सेन निर्वाचित भए। महाधिवेशन प्रतिनिधि (खुल्ला)मा किरण डाँगी, देवेन्द्रकुमार केसी, तिलकप्रसाद आचार्य, यमकान्त कँडेल र मुकुन्दराज केसी पराजित भएका छन्।  

कर्मचारी युनियनको उपाध्यक्ष (महिला) मा दुर्गादेवी गौतम, सह–सचिव (युवा) मा काशिराम रिजाल, सदस्य (महिला) मा कल्पना दुलाल र गिता शाही निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधि (महिला) मा लक्ष्मी केसी तथा महाधिवेशन प्रतिनिधि (समावेशी) मा जयन्द्र पाण्डे निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए।

प्रकाशित: २५ पुस २०७८ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App