७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कर्मचारीलाई कोरोना फैलिएपछि बाँके प्रशासन बन्द

कर्मचारीलाई कोरोना संक्रमण फैलिएपछि बाँकेस्थित जिल्ला प्रशासनले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ। प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कार्यालयका केही कर्मचारीलाई संक्रमण पुष्टी भएकाले अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरिएको जानकारी दिए।  

नियमित कार्यसम्पादनको क्रममा कार्यालयका केही कर्मचारीलाई कोभिड संक्रमण पुष्टी भएको र केही कर्मचारीहरुलाई मिल्दोजुल्दो लक्षण देखा परी हाल आइसोलेसनमा रहेको प्रजिअ खत्रीले जारी गरेको सूचनामा उल्लेख छ।

कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड समेत भई कार्यालयबाटै कोभिड–१९ को फैलिन सक्ने जोखिम रहेका कारण मंगलबारबाट अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट सम्पादन हुने अत्यावश्यक सेवा (शान्ति सुरक्षा र मुद्दा) बाहेकका अन्य सबै सेवाहरु हाललाई स्थगित गरिएको प्रजिअ खत्रीले बताएका छन्।

प्रकाशित: ११ माघ २०७८ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App