२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। अर्घाखाँचीका ३५ वर्षिय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो। गत जेठ १० गते भारतबाट आएका ती पुरुषको नमुना संकलन गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यो सँगै मृत्यु संख्या ६ पुगेको हो। उनी अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षिय पुरुष रहेका छन्।

रौतहटमा थपिए ५६ जना संक्रमित

रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण भएको छ। राजपुरका ३३, इशनाथका १५, बौधिमाई २, मौलापुरमा ४ जना रहेका छन्। उनीहरु सबै भारतबाट आएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए। उनीहरु सबै क्वारेन्टिनमा रहेका छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रशासनले बताएको छ। यो सँगै जिल्लामा १८१ जनामा कोरोना पुष्टि भएको छ।

भारतबाट फर्किने नेपालीका लागि प्रवेश नाका तोकियो

सरकारले भारतबाट फर्किने नेपाली नागरिकका लागि प्रदेश २ मा प्रवेश नाका तोकेको छ । भारतबाट फर्किने नेपाली नागरिकको प्रवेश व्यवस्थित गर्न निश्चित नाका तोकिएको हो ।

दाङको कोरोना अस्पतालका ८ जना डिस्चार्ज

दाङको बेलझुण्डि स्थित कोरोना बिशेष अस्पतालमा रहेका ८ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना जितेका उनीहरूलाई शुक्रवार घर पठाउन लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्बेश शर्माले जानकारी दिए । कोरोना जितेका दाङ गढवाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका तीनजना छन् ।

‘२६ दिनमा पनि घर पुगिएन’

खोटाङबाट भारतको आगरा पुग्न वा आगराबाट फर्कन गाडीमा दुईदेखि तीन दिन लाग्छ । तर, कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण आगराबाट मे २ तारिख (बैसाख २० गते) हिँडेका केपीलासगढी गाउँपालिका–४ बाक्सिला हल्कुमका राजु राई हालसम्म घर आइपुग्न सकेका छैनन् ।

भारतबाट फर्कने क्रममा मृत्यु भएका व्यक्तीमा कोरोना पोजेटिभ

गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका कृष्ण बहादुर गैरेको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।

नियमित व्यायाम गर्छु

प्रकृतिको यो कहालीलाग्दो समयमा हामी आआफ्नो घरभित्रै सिमित भएका छौं । आजको यो आधुनिक विश्वलाई यति सुक्ष्म जीवाणुले निरीह बनाउला भनेर कसैले कल्पना समेत गरेका थिएनन होला । यो अकल्पनीय समयमा हामीले चुपचाप घरमा बस्नुको अर्को विकल्प भएन र छैन ।

सिर्जनात्मक बन्दाबन्दी

लकडाउनमा मेरा ९ वटा रचना प्रकाशन भैसकेका छन् । म रचना तयार गर्छु तर प्रकाशन होला कि नहोला भनेर कहिल्यै चिन्ता गर्दिनँ ।

कोभिड–१९ र हाम्रो आकस्मिक स्वास्थ्य सेवा

कोभिड–१९ जस्तो महामारी र आपत्विपत्का बेला कुन सेवा कसले सञ्चालन गर्ने र स्रोत र साधनको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा प्रस्ट पार्न सरोकारवाला सबैको सहभागितामा निर्देशिका तयार पारी लागु गर्नुपर्छ ।

गण्डकी प्रदेश, सरकारद्वारा विनियोजन विधेयक पेस

गण्डकी प्रदेशले कोभिड–१९ को महामारीकै समयमा आफनो आगामी वर्ष अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयक २०७७ बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता सभामा पेश गर्दै अस्पताल निर्माणको लागि विशेष ध्यान दिइने बताए ।

ललितपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु

ललितपुरको क्रिष्ट अस्पतालमा उपचारर्थ ५६ वर्षिय पुरुषको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। अस्पतालमा उनी जेठ ११ गते गम्भिर विरामी भएपछि अस्पताल भर्ना भएका थिए। उनलाई अस्पतालले कोरोना परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको थियो।

कोरोना मारमा निम्न वर्ग

संक्रामक कोरोना भाइरस रोकथाम गर्न गरिएको देशव्यापी लकडाउन मंगलबार ६४ दिन पुगेको छ। यो अवधिमा सार्वजनिक यातायात, कलकारखाना, विद्यालय एवं निजी तथा सरकारी कार्यलय बन्द रहँदा सामाजिक तथा आर्थिक जीवन लगभग ठप्प छ।

कोरोनाको सामना लुकेर हैन जुधेर गरिन्छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनासँग डराएर ढोका थुनेर वा लुकेर मात्र नहुने भन्दै त्यसविरुद्ध जुध्ने र सामना गरेर अगाडि बढ्ने नीति लिइने बताएका छन्।

एकै दिन ११४ जनामा कोरोना पुष्टि

बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १ सय १४ जनामा संक्रमण देखिएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ।

दाङमा एकैदिन १५ जनामा कोरोना संक्रमण

दाङमा थप १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा बुधबार १५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू घोराही उपमहानगरपालिकाका सात जना पुरुषहरू छन्। यसैगरी लमहीका आठ जना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्