coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘२६ दिनमा पनि घर पुगिएन’

खोटाङबाट भारतको आगरा पुग्न वा आगराबाट फर्कन गाडीमा दुईदेखि तीन दिन लाग्छ । तर, कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण आगराबाट मे २ तारिख (बैसाख २० गते) हिँडेका केपीलासगढी गाउँपालिका–४ बाक्सिला हल्कुमका राजु राई हालसम्म घर आइपुग्न सकेका छैनन् । आगराबाट घर हिँडेका राई २६ औं दिनमा सिराहाको मिरचैया बजार आइपुगेका छन् । उनी रुपन्देहीको सियारी गाउँपालिकाले झापा पठाएको गाडीबाट मंगलबार राती ११ बजे मिरचैया उत्रेका हुन् । मिरचैया उत्रेपछि खोटाङ भित्रिने सवारी साधनको पर्खाइमा दिन वितिरहेको राईले बताए ।  

राई पाँच÷छ महिना अघि रोजगारीका सिलसिलामा आगरा पुगेका थिए । भिभो कम्पनीमा काम गर्नेक्रममा भारतमा लकडाउन लागू भएपछि उनी घर फर्केका हुन् । तर, आगरा जाँदा जति सहजता थियो, फर्कँदाको यात्रा कष्टप्रद बन्यो । कष्ट खेप्ने उनी मात्र थिएनन् । विभिन्न जिल्लाका सयौं नेपाली थिए । आगराबाट रुपन्देहीको बेलहिया (सुनौली) नाका आइपुगेका उनी त्यही १० दिन अड्किए । लकडाउनकाबीचमा भारतीय प्रहरीले गाडीमार्फत उनीहरुलाई सुनौली ल्याएर छाडिदिएका थिए । अलपत्र अवस्थामै पुःन भारतीय प्रहरीले भारतीय क्षेत्रबाटै उनीहरुलाई सुनौलीबाट सियारी गाउँपालिका पु¥याएर छाडिदिए । सियारी गाउँपालिकामा ११ दिन बसेपछि सोही गाउँपालिकाले पुर्व झापाका नागरिकलाई गाउँ पठाउने भएपछि उनी सोही गाडीमार्फत मिरचैयासम्म आइपुगेका हुन् । उनीसँगै काम गर्ने झापाका साथी थिए । मिरचैयासम्म उनै साथीसँग यात्रा गरेको राईले बताए ।  

सुनौलीदेखि सियारी गाउँपालिकासम्म सम्वन्धित स्थानीय तहले खाने वस्ने व्यवस्था मिलाएकाले केही सहज भएको उनी बताउँछन् । तर, चाहेको खाना, खाजा खानका लागि आफैले व्यवस्था गर्नुपर्ने भएकाले कम्पनीमा काम गरेर ल्याएको पैसा बाटैमा सकिन लागेको छ । ‘आगराबाट हिँडेको यत्रो दिन भइसक्यो, बल्ल मिरचैया आइपुगेको छु,’ राईले भने, ‘कष्टपूर्ण यात्राले हैरान बनाएको छ । कमाएको पैसा बाटैमा सकिन लागेको छ । अहिले पनि खोटाङ फर्कने गाडी कुरिरहेको छु ।’ 

प्रकाशित: १५ जेष्ठ २०७७ १५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App