६ कार्तिक २०७७ बिहीबार

लकडाउनले युवालाई कृषि र पशुपालनमा आकर्षण गर्‍यो

कोरोना भाइरसले प्रभाव पारेको समयमा पनि नेपालगन्जमा उत्साहजनक रुपमा उद्योग दर्ता भएका छन्।

लकडाउनले ओडारमा पुर्‍यायो

गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ। ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन्।

लकडाउनमा निशुल्क पढाउने ‘गुरुआमा’

लकडाउनका कारण घरमै थन्कीएका दुई सन्तानको शैक्षिक गतिविधि शून्य बन्दै थियो। उनिहरु पठनपाठन भन्दा पनि मोबाईल अनि टिभीमा बढि ब्यस्त थिए। विद्यालय बन्द भएपछि पठनपाठन भन्दा बाहिर ध्यान केन्द्रीत गरेका दुई सन्तानलाई कसरी पठनपाठनमा अभ्यस्त बनाउने भन्ने पिरलो दंगीशरण गाउँपालिका सलौराकी गणेशकुमारी केसीलाई बढ्दै गयो।

२५ हजार सक्रिय संक्रमित भए लकडाउन गर्न सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार भन्दा बढी सक्रिय कोरोना संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको छ। इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कुनै दिन २५ हजार भन्दा बढी सक्रिय संक्रमित भए लकडाउन गर्न सिफारिस गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

श्रमिकका सास्ती

यता स्थानीय सरकारदेखि संघीय सरकारसम्म आत्मनिर्भर अर्थतन्त्र र रोजगारीको गफ दिएर थाकेका छैनन्। उता सीमा नाकामा जीविकाकै लागि भारततर्फ जाने लस्कर देखिन्छ। शायद, रोजगारीको खोजी गर्दै भारततर्फ गएको यो लस्करले आत्मनिर्भर अर्थतन्त्रको नारालाई गिज्याइरहेको छ।

ताल्चामा खिया लाग्यो, बजार खुल्दैन (फोटो फिचर)

कोरोना संक्रमण नियन्त्रणका लागि चार महिना लामो लकडाउन भयो। लकडाउनका कारण पेशा, व्यवसाय सबै ठप्प रहे। त्यसपछि आंसिकरुपमा खुलेको बजार, सार्वजनिक सवारी साधनहरु अहिले बन्द छन्। व्यवासायीहरुले आफ्नो पसलमा लगाएको ताल्चामा खिया लागिसकेको अवस्था छ। ताल्चालाई बचाउन कतिपयले प्लास्टिकले छोप्ने गरेका पनि छन्।

लकडाउनयता ७३ सुत्केरीको मृत्यु

नेपालमा कोरोना संक्रमणसँगै सुरु भएको लकडाउनका कारण पाँच महिनाको अवधिमा ७३ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाले हालै गरेको सर्वेक्षणमा यस्तो पाइएको हो। महाशाखाका अनुसार चैतदेखि जेठ महिनाभित्र ४३ जना र असार र साउनभित्र ३० जनाको मृत्यु भएको छ। यीमध्ये ४८ जनाको सुत्केरीपछिको रक्तश्रावले मृत्यु भएको छ।

लकडाउनको विकल्प खोज्न व्यवसायीको माग

लामो समयदेखि लकडाउन कामय राख्दा अर्थतन्त्र पूरै ठप्प भएको भन्दै रूपन्देहीका व्यावसायिक संस्थाहरूले यसको विकल्प खोज्न सरकारको ध्यानार्कषण गराएका छन् ।

उपत्यकाको निषेधाज्ञा खुकुलो, के के गर्न पाइन्छ ?

उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुका प्रमुख जिल्ला अधिकारीहरुले केहि सहज बनाउने गरि निषेधाज्ञा कायम राख्ने निर्णय गरेका हुन्।

जो खुलामञ्चमा एक छाक खाना कुर्छन् (फोटो फिचर)

विश्व अहिले कोरोना महामारीसँग जुधिरहेको छ। महामारीका कारण नेपालमा पनि लामो ‘लकडाउन’ भयो। महामारीले स्वास्थ्य संकट मात्र होइन समाजका हरेक ठाउँमा अप्ठ्यारो स्थिति पैदा गर्छ। यसले स्वास्थ्यसँगै आर्थिक क्षेत्रमा गहिरो प्रभाव पार्छ।

दाङमा पुनः लकडाउन

समुदाय स्तरमै कोरोना संक्रमण बढ्न थालेपछि दाङमा आईतबार देखि पुनः लकडाउन गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालयले समुदाय स्तरमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

थन्किएका सवारी मर्मतमा लाखौं खर्च

यातायात व्यवसायीका अनुसार लामो समय गाडी रोकिँदा इन्जिन आयल, ब्याट्री, टायर, टायरको ग्रिज, गियर आयल, ट्यांकीको इन्धनलगायत नोक्सान हुन्छ ।

लकडाउनपछि अटो व्यापारमा सुधार

लकडाउनले ठप्प भएको व्यापारलाई गति दिन बिक्रेताले विशेष प्रकारका योजना सार्वजनिक गरेपछि प्रयोगकर्ता आकर्षित भएका हुन् । कोरोना संक्रमणकै बीचमा कम्पनीहरूले ल्याएका ग्राहकलक्षित फाइनान्सिङ स्किमले उत्साह जगाएको छ । कम आम्दानी हुनेले मोटरसाइकल, स्कुटर र मध्यमवर्गीयले कार किनेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्