२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

रौतहटमा एकै दिन थपिए ३५ कोरोना संक्रमित

रौतहटमा एकै दिन ३५ जना कोरोना संक्रमित पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् । बुधबार रौतहटमा ३५ जना थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ ।

कोरोना कहरमा अनलाइन कक्षा राम्रो विकल्प बन्न सक्छ

हरेक कुरा असम्भव भन्दै केही प्रयास नगरी बस्ने हो भने केही कुरा पनि सम्भव हुँदैन । भन्नेले त विमान बनाउने राइट दाजुभाइलाई पनि बाँकी राखेका थिएनन् । तर उनीहरूले आफ्नो क्षत्रमा गरेको अथाह मेहेनत र निरन्तरताले सफलता पाएरै छोडे ।

लकडाउन र नातिनी

कोरोना डरलाग्दो भाइरस हो । यसबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्छ भन्ने कुरा आर्यालाई थाहा थिएन । सानी आर्यालाई यस्ता कुरा सम्झाउनु पनि कसरी ? हामीलाई निकै कठिन भयो ।

बागलुङमा ६ जनालाई कोरोना संक्रमण (अपडेट)

बागलुङमा ६ जनामा कोरोना संक्रमण भएको छ। भारतबाट आएका उनीहरु क्वारेन्टिनमा बसिरहेका थिए। गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको पीसीआर परीक्षण भएको थियो।

बागलुङका संक्रमित सबै युवा

बागलुङका ६ जना युवामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये बडिगाड गाउँपालिकाका दुईजना र तमनखोला गाउँपालिकाका चारजना रहेको निर्देशनालयले जनाएको छ।

नारायणीलाई पुनः ‘जेनरल’ अस्पताल बनाइँदै

लामो प्रतिक्षापछि नारायणी अस्पताल अब पुनः‘जेनरल’ अस्पताल हुने भएको छ। नारायणीलाई कोभिड अस्पतलाल बनाइएपछि वीरगन्ज क्षेत्रमासामान्य बिरामीका लागिपनिउपचार सेवा पाउन कठिनाइ भएको थियो।

कोरोनाको अर्थतन्त्रमा प्रभावः १६८ अर्ब नोक्सानी हुने

कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्र डगमगाई रहेकाबेला मुलुकको अर्थतन्त्र पनि यसको चपेटमा परेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७६/०७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको प्रतिवेदन सार्वजनिक गर्दै कोभिड–१९ का कारण लक्ष्य अनुसार आर्थिक वृद्धि नहुने र कूल ग्राहस्थ उत्पादनमा समेत नोक्सानी हुने भएको हो।

न्यून आय भएका वर्गको निशुल्क कोरोना परीक्षण गर्नु : सर्वोच्च

न्यून आय भएका वर्गका व्यक्तिको निशुल्क कोरोना भाइरस (कोभिड –१९) को परीक्षण गर्न सर्वोच्च अदालतले नेपाल सरकारको नाममा मंगलबार अन्तरिम आदेश दिएको छ।

लकडाउन र सिर्जना

हरेक कलाको सुरुवात प्रकृतिबाटै प्रेरित भएको छ । धानका बाला झुलेकाले नृत्यकला जन्मियो । हिमाल हेरेर चित्रकला जन्मियो र त्यसैगरी विभिन्न कला प्रकृतिबाटै जन्मेका छन् ।

गुल्मीमा गाँउपालिकाका अध्यक्षलाई देखियो संक्रमण

गुल्मीमा एक जना जनप्रतिनिधिमा पनि कोरोना भाइसरको संक्रमण देखिएको छ। गुल्मीको एङ्क गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण भएको हो।

थप ९० जनामा कोरोना संक्रमण

मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तो छ दुवईमा कोरोनाविरुद्धको हाईटेक वार

स्मार्ट प्रहरीको स्मार्ट हेल्मेटदेखि लिएर अत्याधुjनिक प्रविधिले सुसज्जित अनुसन्धान प्रयोगशालाहरुले कोरोना विरुद्धको लडाइँमा दुवईले अवलम्बन गरेको “हाईटेक” वारलाई प्रतिविम्बित गरिरहेको छ।

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने योजना बनाइरहेका छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किनुपर्ने अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश फर्कने व्यवस्थाका लागि सरकारले योजना बनाइरहेको बताएका छन्। राष्ट्रका नाममा सम्वोधन गर्दै जुनसुकै मुलुकमा रहेका नेपालीहरुलाई पनि सरकारले समयमै उद्धार गर्ने कुरामा निश्चिन्त रहन उनले आग्रह गरे।

प्रधानमन्त्रीको सम्वोधन : २ प्रतिशत जनसंख्याको कोरोना परीक्षण गर्ने योजना

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि सुरुवाती दिनमा अलमल भएपनि अहिले सरकारले चालेका कदमहरु सफल भएको बताएका छन्। सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लक डाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु बन्द गर्ने निर्णयले डरलाग्दो क्षतिबाट मुलुकलाई जोगाएको बताए।

अपाङ्गता भएका व्यक्तिको भत्ता कटौती हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्ति वा अन्य कुनै पनि पनि सामाजिक सहायता रकम कटौती नहुने बताए। सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाको दायरा फराकिलो पारिने बताए। योगदानमा आधारिक सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गर्दै सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम तत्काल सरकारी कोषबाटै मिलान गरिने उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्