२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

अपाङ्गता भएका व्यक्तिको भत्ता कटौती हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्ति वा अन्य कुनै पनि पनि सामाजिक सहायता रकम कटौती नहुने बताए। सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाको दायरा फराकिलो पारिने बताए। योगदानमा आधारिक सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गर्दै सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम तत्काल सरकारी कोषबाटै मिलान गरिने उनले बताए। प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति न्यूनीकरण तथा समस्या समाधान कोष र प्राकृतिक विपत्ति राहत कोषमा रहेका रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हस्तान्तरण गरिने पनि बताए।  

प्रधानमन्त्रीले कोरोनासँग जुध्न स्थानीय तहमा स्वास्थ्य सुरक्षा, स्वास्थ्य सेवा आधारवस्तुहरुको आपूर्तिका कामहरु प्रभावकारी बनाइने बताए। अझै क्वारेन्टाइनका संख्या बृद्धि गरेर त्यसको स्तर सुधार गरिने, होटल र सार्वजनिक स्थानहरुलाई समेत क्वारेन्टाइनस्थलको रुपमा प्रयोग गर्ने विषयमा सरकारले योजना बनाएको उनले बताए।  

 

 

प्रकाशित: १२ जेष्ठ २०७७ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App