५ आश्विन २०८१ शनिबार
image/svg+xml

बस कम्पनीले भन्योः दुर्घटनामा परेको बसमा २० जना यात्रु थिए (अपडेट)

काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बुधबार सवा ११ बजेतिर दुर्घटनामा परेको छ। बसमा २० जना यात्रु र चालक दलका दुइजना सहित २२ जना थिए ।

मोटरसाइकल दुर्घटनामा परेर दुईजना युवाको मृत्यु

पोखराबाट रुपातालतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुइजना युवाको ज्यान गएको छ।

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन्।

मुगु जीप दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो (अपडेट)

मुगु जिल्लाको सोरु गाउँपालिका–७ को चिप्लेगौडामा सोमबार बेलुका भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

कास्कीमा सवारी दुर्घटना बढ्यो, मानवीय क्षति भने थोरै

कास्कीमा गत आर्थिक वर्षमा तुलनात्मक रुपमा दुर्घटना बढेको छ। तर, दुर्घटनाबाट मृत्यु हुनेको संख्या भने घटेको छ। कास्कीमा आर्थिक वर्ष २०७८÷७९ को तुलनामा आर्थिकवर्ष २०७९/८० मा १९ वटा दुर्घटना बढेको हो। आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा ११७ वटा ठूला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घ्याम्पेडाडामा दुर्घटना :नौ वर्षीया बालिकासहित चार जना घाइते

भक्तपुरको सूर्य विनायक नगरपालिका घ्याम्पेडाडा जाने बाटोमा बिहीबार साँझ दुर्घटना भएको छ। दुर्घटनामा परी नौ वर्षीया बालिकासहित चार जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो।

एक वर्षमा २५२ दुर्घटना,६१ जनाको मृत्यु

आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा सवारी दुर्घटनामा परेर ६१ जनाले ज्यान गुमाएका छन्। अघिल्लो वर्ष २५२ वटा सवारी दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नंको बसले बा५६प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

पार्कमा नियमित फूल चढाउने आमा

ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान २०४९ असोज १२ मा दुर्घटना हुँदा ज्यान गुमाउनेहरूको सम्झनामा पार्क निर्माण गरिएको थियो। दुर्घटनामा विभिन्न देशका १ सय ६७ व्यक्तिले ज्यान गुमाएका थिए ।

साँघुरो र जीर्ण सडकले मकवानपुरमा दुर्घटनाको जोखिम बढ्दो

मकवानपुरमा दैनिक रुपमा सवारी दुर्घटना बढिरहेको छ। साँघुरो बाटो र जीर्ण सडकका कारण अधिकांश दुर्घटना हुने गरेको यातयात व्यवसायीको भनाइ छ।

जीप दुर्घटना: थप एकको मृत्यु

जिल्लाको कुश्मा नगरपालिका-३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ।

जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्