१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मुगु जीप दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो (अपडेट)

मुगु जिल्लाको सोरु गाउँपालिका–७ को चिप्लेगौडामा सोमबार बेलुका भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ।  

सोरुकोटबाट सदरमुकाम गमगढी आउँदै गरेको ज १ च ७७७२ नम्वरको जीप दुर्घटना हुँदा दुईको घटनास्थलमै, दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा र एक जनाको सदरमुकाम गमगढी ल्याउँदै गर्दा बाटाेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

प्रहरीका अनुसार मृतक पाँच जना मध्ये चार जना हुम्लाका हुन् भने एक जना सोरु गाउँपालिकाका हुन्। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख महेश बस्नेतका अनुसार हुम्लाको सर्केगाड गाउँपालिकाका राम परियार नाम गरेका दुई जना व्यक्तिको मृत्यु भएको छ। यस्तै सर्केगाडकै पिउस परियार र प्रकाश बोहराको मृत्यु भएको छ।  

उपचारका लागि सदरमुकाम गमगढी ल्याउँदै गर्दा सोरु गाउँपालिका–५ का लोकजंग नेपालीको मृत्यु भएको छ। उनी वडा सदस्य हुन्।  

बर्षाका कारण सडक अवरुद्ध हुँदा उद्दारमा समस्या भएको थियो। ठाउँठाउँमा बाटो अवरुद्ध हुँदा घाइतेहरुलाई विहान पाँच बजेतिर अस्पताल पु¥याइएको थियो।

प्रकाशित: ३० श्रावण २०८० ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App