१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा परेर दुईजना युवाको मृत्यु

पोखराबाट रुपातालतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुइजना युवाको ज्यान गएको छ।  कास्कीको रुपा गाउँपालिका–६ निगालझाँप्रास्थित भित्रि सडकमा पोखरा–३२ बाट रुपाताल जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल सडकबाट अन्दाजी ९० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा परेर लमजुङको दूधपोखरी गाउँपालिका–६ का २९ वर्षिय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षिय अशोक गुरुङ घाईते भएका थिए। सडकको घुम्तिमा दुर्घटनामा परेर घाइते भएका उनीहरुको गण्डकी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

प्रकाशित: ३ भाद्र २०८० ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App