काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो।
मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए।
काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पीड’ भई सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ।प्रहरीका अनुसार गाडी धकेल्नका लागि तल ओर्लिएका कारण तीनजना भने बाँच्न सफल भएका छन्।
प्रकाशित: १२ श्रावण २०८० १३:२८ शुक्रबार