७ आश्विन २०८१ सोमबार
image/svg+xml

माओवादी गोरखा जिल्ला समन्वय प्रमुखमा भट्ट

आइतबार गण्डकी प्रदेश कमिटिको बैठकले बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका भट्टलाई जिल्ला समन्वय प्रमुख तोकेको हो।

विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउनुपर्छः सांसद विश्वकर्मा

सांसद विश्वकर्माले सम्बन्धित दुतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गरिन्। उनले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने जनताले भोट दिन नपाएको अवस्था रहेको भन्दै उद्योगमा काम गर्ने मजदुरहरुलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गरे।

चुनावपछि प्रत्यक्ष राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन पछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका छन्।

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा यर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन्।

नामको अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके, म राजनीतिक फोहोर सफा गर्न आएको छुः लामिछाने

तीनै जनालाई लक्षित गर्दै उनले भने, 'बा'हरु (बुढा) भएका छन्, 'बा'हरुलाई सम्मान गर्ने मान्छेहरू छन्, 'बा'हरु अगाडि बढ्दैन, बुवाको मुख हेर्ने दिनको अवसरमा उनले पछाडि 'बा' भएकाहरुलाई सा-सम्मान बिदा गर्न जनतालाई अनुरोध गरेका छन्।

भाग पुर्‍याउन माओवादीले फिर्ता बोलायो मन्त्री

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ।

उदयपुर २ मा गठबन्धनबाट माओवादीकै हक लाग्छः सांसद राई

बिहीबार उदयपुृरगढीस्थित नेपालटारमा आयोजित पार्टीको ‘निर्वाचन क्षेत्रस्तरीय कमाण्ड बैठक’मा प्रशस्त आधारहरु देखाउँदै २ नं. क्षेत्र माओवादीकै भागमा पर्ने ठोकुवा गरेका हुन्।

हाम्रो एजेण्डा मिल्ने भनेकै माओवादीसँग होः डा.भट्टराई

'पहिचान र अधिकारसहितको संघीयता हुनुपर्छ भन्ने कुरामा त तत्कालीन माओवादीले पनि नोट अफ डिसेन्ट लेखेको र अहिले पनि त्यो मुद्दा हामीसँग मिल्छ। दोस्रो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको जुन कुरा हामीले गरिराखेका छौँ। त्यतिबेलाको माओवादीले पनि नोट अफ डिसेन्ट लेखेकै हो। अहिले पनि त्यो मुद्दा उनीहरुसँग मिल्छ। भलै, सुशासन आदिको मुद्दाहरुमा हामी र उहाँहरु फरक छ। हामी चाहीँ सुशासन राम्रो सँग काम गरेर जानुपर्छ।'

नागरिकता विधेयक प्रमाणिकरण हुन्छः प्रचण्ड

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरण हुने बताएका हुन्।

ओली गुटले नागरिकता विधेयक विरोध गर्नु राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न खोज्नु होः प्रचण्ड

‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ। केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ। त्यो सपना चकनाचुर भयो।’

ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पूरा भएन: प्रचण्ड

बुधबार चितवनको माडी नगरपालिकामा पर्ने हुलाकी सडकअन्तर्गतको रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै उनले विकासको सपना देखेर एमालेसँग पार्टी एकता गरेको र केपी ओलीलाई आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएको बताए।

नागरिकता विधेयकलाई गलत ढंगले गलत उदेश्यका लागि प्रचार गरियो: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नागरिकता विधेयकलाई गलत ढंगले प्रचार गरिएको बताएका छन्।

चुनाव केन्द्रित कार्यक्रमसहित प्रचण्ड चितवनमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चुनाव घोषणा पछि पहिलोपटक चितवन आएका छन्।

वाइसिएलका नयाँ नेतृत्वले लिए पद तथा गोपनीयताको शपथ

आज आयोजित एक समारोहमा वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्षसहित केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संयुक्त घोषणा पत्र, पार्टी संयोजन समिति गठन गर्ने सहमति

दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने, पार्टी एकता संयोजन समिति गठन गर्ने, माओवादी केन्द्रको अर्को नाम राख्ने र गठबन्धन कायम राख्ने सहमति भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्