coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिकता विधेयक प्रमाणिकरण हुन्छः प्रचण्ड

फाइल तस्बिर।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण हुने बताएका छन्। 

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरण हुने बताएका हुन्।

सेनालाई भेट्ने लगायतका राष्ट्रपतिको अस्वभाविक व्यवहारका कारण राजनीतिलाई तरंगित पारेको भए पनि गम्भीर संकट आउने अवस्था नभएको उनले स्पष्ट पारे। उनले भने,‘बाहिर चर्चा भएजस्तो हुँदैन राष्ट्रपतिले नागरिकता विधेयक  प्रमाणिकरण गर्नुहुन्छ।’ संसदको निर्वाचनमा १ सय ६५ वटै सिटमा आफ्नो पार्टीको दाबी रहने भन्दै प्रचण्डले गठबन्धनका दलहरू सबै उद्धार भएर सिट बाँडफाँटको टुगो लगाउने स्पष्ट पारे। उनले भदौ १५ गते भित्र सिट बाँडफाँटको टुगो लागिसक्ने पनि दाबी गरे। प्रचण्डले भने‘ गठबन्धनका दलहरूमा सिट बाँडफाँटको विषय १५ गते भित्र टुंगो लागिसक्छ।’

प्रकाशित: १० भाद्र २०७९ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App