८ वैशाख २०८१ शनिबार
राजनीति

नागरिकता विधेयकलाई गलत ढंगले गलत उदेश्यका लागि प्रचार गरियो: प्रचण्ड

नेकपा  (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नागरिकता विधेयकलाई गलत ढंगले प्रचार गरिएको बताएका छन्।

बुधबार बिहान चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै नागरिकता विधेयकलाई गलत ढंगले गलत उदेश्यका लागि प्रचार गरेको बताए।  

उनले नागरिकता विधेयकमा नेपाली आमाबुबा भएकाको छोराछोरीले मात्र नागरिकता पाउने कुरा रहेको बताउँदै नागरिकता विधेयकलाई राष्ट्रघाति भन्नु नै पाखण्ड बाहेक केहि नभएको बताएका छन्।

उनले भने,'केपी ओली प्रधानमन्त्री हुँदा नागरिकता विधेयकलाई अध्यादेसको रुपमा लगिएको थियो। अहिले तिनीहरुले यहि विधेयकलाई संसदमा ल्याउँदा राष्ट्रघाति भन्नु भन्दा बेइमानी अनैतिकता अरु केहि हुन सक्दैन।'

प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ का विभिन्न ठाउँका सडक शिलान्यासदेखि पुल उद्घाटन गर्न आज (बुधबार) चितवन पुगेका हुन्।  

प्रकाशित: ८ भाद्र २०७९ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App