७ आश्विन २०८१ सोमबार
image/svg+xml

पार्टीमा अनुशासन तोड्नेलाई दण्डित गरिएन भने पार्टी कम्युनिष्ट जस्तो रहँदैनः प्रचण्ड

‘यो कुरा कुनै खास ठाउँमा भएका अनियमितता वा गढबडीहरुलाई सच्याउने कुरासँग मात्रै सम्बन्धित छैन। यो पार्टीलाई विधिसम्मत तरिकाले र अनुशासनमा राखेर चलाउने विषयसँग बढी सम्बन्धित छ। त्यसकारण राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरुलाई दण्डित गर्ने यो प्रक्रिया अगाडि नबढाउने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो रहँदैन।'

अध्यक्ष दाहाल र नेपालबीच आगामी निर्वाचन तयारीबारे छलफल

दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको थियो। यस्तै, आगामी मंसिर ४ गते हुने संघीय एवं प्रदेशसभाको निर्वाचनका तयारीका बारेमासमेत त्यसअवसरमा छलफल भएको थियो।

माओवादीद्वारा नारायणकाजीको नेतृत्वमा १७ सदस्यीय चुनावी घोषणा पत्र समिति गठन

जसको सदस्यमा नेताहरु देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्ण चौंधरी, भिमा ढुंगाना र जगत सिंखडा रहेका छन्।

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, अरु को-को परे पदाधिकारीमा? (नामावलीसहित)

महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ भने वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा प्रस्ताव भएका छन्। त्यस्तै, उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन्।

पार्टी पदाधिकारी टुंग्याउन माओवादी स्थायी कमिटी बैठक बस्दै

बैठक पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसोको १ बजे बस्नेछ। आज बस्ने बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी चयन गर्ने भएका छन्।

चुनावअघि बाबुराम भट्टराईसँग एकताको सम्भावना छैन: अध्यक्ष दाहाल

शुक्रबार गोरखाको एक कार्यक्रममा बोल्दै दाहालले एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने बताए।

सुशासन स्थापना र विकासको निम्ति सबै दलको सामूहिक भूमिका आवश्यकता: अध्यक्ष दाहाल

शुक्रबार काठमाडौँमा आयोजित योङ कम्युनिष्ट लिग, नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरुले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताएका छन्।

माओवादीले टुंग्याउन सकेन पदाधिकारी,अर्को बैठक भोलि बस्ने

बिहीबारसम्म टुंग्याउने भनिएको पदाधिकारी शुक्रबारको बैठकले पनि चयन गर्न सकेन। अध्यक्ष पछिको शक्तिशाली पद महासचिवमा आकांक्षीहरु धेरै देखिएपछि अध्यक्ष प्रचण्ड दबाबमा छ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका पदाधिकारीको नाम प्रस्ताव अघि सार्नेछन्। बैठकले सो प्रस्ताव स्वीकृत गरेमा आजै पदाधिकारी टुंगो लाग्नेछ। महासचिवमा देव गुरुङ पक्का जस्तै छ।

माओवादीमा पदाधिकारी प्रस्ताव महासचिवमा देव गुरुङ

उपमहासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र गिरिराजमणि पोखरेलाई प्रस्ताव गर्ने दाहालको तयारी छ। महासचिवका दाबेदारहरू महरा, भुसाल, शर्मा, पुन र गजुरेललाई दाहालले उपाध्यक्ष र उपमहासचिवमा व्यवस्थापन गर्ने भएका हुन्।

माओवादी बैठक फेरि स्थगित,पदाधिकारी टुंग्याउन प्रचण्डलाई सकस

बिहीबार पटक पटक बैठक बस्ने समय तोके पनि अन्तिममा साँझ ६ बजे पनि बस्न सकेन। अब बैठक शुक्रबार ८:३० बजे बस्ने भएको छ।

माओवादी केन्द्रमा कृष्णबहादुर महरा र पम्फा भुसालसहित ५ जना उपाध्यक्ष

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु कृष्णबहादुर महरा,दिनानाथ शर्मा,पम्फा भुसाल, गणेश साह र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेको छ।

माओवादी सांसदले भनिन्, ‘राष्ट्रपतिले विवेक प्रयोग गर्नुभएन’

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्। उनले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको बताइन्। सांसद बिशंखेले संसदमा भएका सांसदहरुलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन चुनौती दिइन्।

नागरिकता विधेयकमाथि एमालेले राजनीति गरिरहेको छः नेता पुन

नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्