१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, अरु को-को परे पदाधिकारीमा? (नामावलीसहित)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीकाे केन्द्रीय समितिका लागि २१ जना पदाधिकारीहरुको नाम प्रस्ताव गरेका छन्। पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा दाहालले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्।

महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ भने वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा प्रस्ताव भएका छन्। त्यस्तै, उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन्।

त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हित राज पाण्डे, डिलाराम शर्मा र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन्।

प्रकाशित: ४ भाद्र २०७९ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App