६ वैशाख २०८१ बिहीबार
राजनीति

अध्यक्ष दाहाल र नेपालबीच आगामी निर्वाचन तयारीबारे छलफल

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ।

ललितपुर हात्तीवनमा आज भएको छलफलमा दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको थियो। यस्तै, आगामी मंसिर ४ गते हुने संघीय एवं प्रदेशसभाको निर्वाचनका तयारीका बारेमासमेत त्यसअवसरमा छलफल भएको थियो।

माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले समसामयिक राजनीतिक विषयमा दुई शीर्ष नेताबीच कुराकानी भएको जानकारी दिए। आजै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्ने तयारी छ।

प्रकाशित: ६ भाद्र २०७९ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App