२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

फाइल तस्बिर।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। साढे ८ बजे बनिएको बैठक केही ढिला गरी सुरु भएको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका पदाधिकारीको नाम प्रस्ताव अघि सार्नेछन्। बैठकले सो प्रस्ताव स्वीकृत गरेमा आजै पदाधिकारी टुंगो लाग्नेछ। महासचिवमा देव गुरुङ पक्का जस्तै छ।

महासचिवका आकांक्षीद्वय वर्षमान पुन र जनार्दन शर्मा तथा गिरिराजमणि पोखरेल उपमहासचिव बन्ने बताइएको छ। उपाध्यक्षहरुमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ।

प्रकाशित: ३ भाद्र २०७९ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App