नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ। आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक अपराह्न ४ बजेका लागि सारिएको हो।
बैठक अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण सारिएको बताइएको छ।
आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ।
प्रकाशित: २ भाद्र २०७९ ०४:०० बिहीबार