८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव केन्द्रित कार्यक्रमसहित प्रचण्ड चितवनमा

नेकपा  (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चुनाव घोषणा पछि पहिलोपटक चितवन आएका छन्। प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ का विभिन्न ठाउँका सडक शिलान्यासदेखि पुल उद्घाटन गर्न आज (बुधबार) चितवन आएका हुन्।  

उनी वन  तथा वातावरण मन्त्री प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईसहित  चितवन आएका छन्। प्रचण्ड आज बिहान चितवन ओर्लिएका हुन्। साउन १९ गते सरकारले मंसिर चार गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने घोषणा गरेको छ। त्यसपछि प्रचण्ड चुनाव लक्षित  कार्यक्रमसहित चितवन आएका हुन्।

उनले आज ५ वटा कार्यक्रममा सहभागी जनाउने कार्यक्रम रहेको छ। माडीको बन्कट्टामा सडक शिलान्यास, बरुवा सडक शिलान्यास,रौतनेखोला पुल उद्घाटन,ट्मटा खोला तट्बन्धन शिलान्यास र पार्टीका कार्यकर्तालाई  प्रशिक्षण गर्ने कार्यक्रम रहेको प्रचण्ड सचिवालयले जानकारी दिएको छ। यी कार्यक्रम चितवन क्षेत्र नं ३ को माडी नगरपालिकामा पर्दछन्।

प्रकाशित: ८ भाद्र २०७९ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App