२६ पुस २०८१ शुक्रबार
image/svg+xml

घुस लिँदा लिँदै बनेपा नगरपालिका वडा अध्यक्ष रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिँदा लिँदै बनेपा नगरपालिका वडा नं ९ का वडा अध्यक्षलाई रंगेहात पक्राउ गरेको छ।वडाध्यक्ष नृपेश बादेलाई घुस रकम सहित मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो।

गौशाला–२६ भन्दै परिचय सार्वजनिक गर्ने एकजना पक्राउ

बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक गर्ने एकजना पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई बुधबार पक्राउ गरेको हो।

राति १ः३० बजे बम्जनलाई सर्लाही पुर्‍याइयो, आज अदालतमा पेश गरिँदै

हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्‍याइएको हो।

गैँडा मारेको आरोपमा तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा तीन वटा गैँडा मारेको घटनामा संलग्न तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको हो।

बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराउने तयारी

सर्लाहीबाट उनी विरुद्ध पक्राउ पुर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी रहेको प्रहरीले जनाएको छ।

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) का प्रवक्ता एसपी नवराज अधिकारीले ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ गरेको नागरिक न्यूजलाई जानकारी दिए।

पाँच लाख भारुसहित भारतीय पक्राउ

सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ।

१८ लाख ४३ हजार नक्कली नोटसहित रौतहटमा एक युवक पक्राउ

रौतहट प्रहरीले भारी परिमाणमा नक्कली नेपाली रुपैया सहित एक युवकलाई पक्राउ गरेको छ। रौतहट प्रहरीले १८ लाख ४३ हजार नक्कली नेपाली रुपैयाँसहित रौतहटकै एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादव रहेका छन्।

स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित पक्राउ

स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित सुनसरी भोक्राहा नरसिंहबाट एकजना युवा पक्राउ परेका छन्।

हतकडीसहित फरार भएका थुनुवा पक्राउ

बुधवार दिउँसो जिल्ला अदालत काठमाडौंबाट फरार भएका विमल खड्कालाई अहिले बिहान जडीबुटीबाट प्रहरीले पक्राउ गरेको हो।

अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जना पक्राउ

अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध ब्युरो वीरगन्जको टोलीले मंगलबार दिउँसो विदेशबाट आएको लागूऔषध डेलिभरी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला हुलाक कार्यालय बारा नजिकैबाट अमेरिकाबाट आएको गाजाको कार्टुन सहित ३ जनालाई पक्राउ गरेको हो।

दश करोड ठगी गरेको आरोपमा लामा पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्