११ वैशाख २०८२ बिहीबार
image/svg+xml १९:४० अपराह्न
समाज

बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराउने तयारी

फाइल तस्बिर

अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ।

सर्लाहीबाट उनी विरुद्ध पक्राउ पुर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी रहेको प्रहरीले जनाएको छ।

बम्जनविरुद्ध सर्लाहीकी २९ बर्सिया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा किटानी जाहेरी दिएकी थिइन्। 

यो मुद्दामा जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पुर्जी जारी भएकाले बुधवार त्यहाँ उपस्थित गराउने प्रहरीको तयारी रहेको छ।  बम्जनलाई ब्युरोले मंगलबार साँझ बुढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो।

प्रकाशित: २५ पुस २०८० ०५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App