९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

हतकडीसहित फरार भएका थुनुवा पक्राउ

प्रहरीको आँखा छलेर जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवा पक्राउ परेका छन्।

बुधवार दिउँसो जिल्ला अदालत काठमाडौंबाट फरार भएका विमल खड्कालाई अहिले बिहान जडीबुटीबाट प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार उनलाई आज बिहान पक्राउ गरेर पुनः हिरासतमा लिइएको छ।

डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो। सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा अदालत लगेको थियो। त्यही बेला प्रहरीको आँखा छलेर फरार भएका थिए। उनको खोजीका लागि प्रहरीले रातभर सर्च अभियान चलाएको थियो।

प्रकाशित: १९ पुस २०८० ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App