२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चितवनमा उपचाररत गोरखाका एक पुरुषको कोरोनाबाट मृत्यू

चितवनमा उपचाररत ३८ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ का ति पुरुष प्रेसर र निमोनियाका बिरामी थिए ।

अलमलबाट सुधारतिर, कोरोनाविरुद्ध प्रदेश सक्रिय

कोरोना संक्रमण बढिरहेका बेला प्रदेश सरकारको सक्रियता बढ्न थालेको छ। विगतमा आशालाग्दो सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन चुक्दा आलोचित बनेका प्रदेश सरकार अहिले फेरि कोरोनाविरुद्ध सक्रिय हुन थालेका छन्। केही प्रदेश सरकारका प्रमुख (मुख्यमन्त्री) अहिले जिल्ला दौडाहामा छन्। उनीहरूले सरोकारवालासँग छलफल गरी सुझाव लिइरहेका छन्। साथै कोरोनाविरुद्ध लड्न आवश्यक बजेट व्यवस्थाका लागि पनि सक्रियता देखाएका छन्। संघीय सरकारको मुख ताक्ने र मातहतका संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न नसक्दा संक्रमणले भयावह रूप लिन थालेपछि प्रदेश सरकार आफैं सक्रिय हुन थालेका हुन्। यसबाट जनमानसमा थप उत्साह सञ्चार भएको छ।

प्रदेश ५ : प्रहरीमा पनि फैलँदै कोरोना, ५३ जना कोरोना संक्रमित प्रहरी उपचारमा

कोरोना संक्रमण प्रहरी संगठनमा पनि बढ्दै गएको छ । प्रदेश ५ का १२ जिल्ला मध्ये तराईका जिल्लामा कोरोना संक्रमित हुने प्रहरी अधिक छन्। शान्ति सुरक्षा र कोरोना नियन्त्रणका लागि सरकारका हरेक निर्णय कार्यान्वयनमा खटिने भएकाले प्रहरी कोरोना जोखिममा परेका हुन ।

६ जना चिकित्सकमा कोरोना देखिएपछि अस्पताल बन्द

कर्णाली प्रदेश अस्पतालमा कार्यरत छ जना डाक्टरहरुमा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लागि अस्पतालको आकस्मिकबाहेका सबै सेवा बन्द गरिएको छ । बुधबार पाँच जना र मंगलबार एकजनामा कोरोना संक्रमण देखिएको थियो । अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार कोरोना संक्रमण देखिएका दुई जना कन्सल्ट्यान्ट डाक्टर हुन् भने चार जना मेडिकल अधिकृत हुन् ।

कोरोनाविरुद्ध नेपालका तीन चुनौती

कोरोनाविरुद्ध लडाइँका लागि नेपालसामु मुख्य तीनवटा चुनौती रहेको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोेश भाण्डेलारले बताएका छन् ।

थप एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि

खोटाङमा संक्रमित साथीसँगै एउटै क्वारेन्टिनमा बसेका एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २३ गते बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका ११ जना प्रहरी जवानमध्ये थप एक जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कपिलवस्तुमा कोरोना संक्रमणको दर ८ दशमलव ६ प्रतिशत

कपिलवस्तुमा स्वाब संकलन गरिएकामध्ये ८ दशमलव ६ प्रतिशतमा कोरोना संक्रमित भेटिएका छन्। जिल्लामा मंगलबारसम्म १२ हजार ४३२ जनाको स्वाब संकलन गरिएको हो।

भयावह बन्दै भक्तपुरमा कोरोना भाइरस

भक्तपुरमा पछिल्लो दिनहरुमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ। चार वटा नगरपालिकाहरुमध्ये काठमाडौंसँंग जोडिएको यहाँंको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा समुदायस्तमै कोरोना संक्रमण भएको भन्दै चिन्ता व्यक्त गर्न थालिएकाे छ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपिडी र वार्ड सिल

रसुवाको जीवजीवे ग्रामीण अस्पतालका एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको ओपिडी र वार्डहरू सिल गरिएको छ। आइतबार २७ वर्षीय महिला स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो।

जीवजीवे ग्रामीण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

रसुवाको जीवजीवे ग्रामीण अस्पतालका एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी २७ वर्षीय महिला हुन् । उनलाई अस्पतालमा काम गर्ने क्रममा नै कोरोना संक्रमण भएको हो ।

थप ८१८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले ८ हजार २६ जनामा गरिएको परीक्षण मा २२० महिला र ५९८ जना पुरुषसहित ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

प्रदेश १ मा थपिए १ सय २ कोरोना संक्रमित

प्रदेश १ मा शनिबार १ सय २ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो।

थप ६३४ जनामा कोरोना संक्रमण

नेपालमा शनिबार थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ५१९ जनाको पीसीआर परीक्षणमा ६३४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण

उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्