coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चितवनमा उपचाररत गोरखाका एक पुरुषको कोरोनाबाट मृत्यू

चितवनमा उपचाररत ३८ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ का ति पुरुष प्रेसर र निमोनियाका बिरामी थिए ।  

‘मृतक पुरुष भदौ ५ गते चितवन मेडिकल कजेलमा उपचार गराएर फर्किएका थिए,’ वडा अध्यक्ष हरि खनालले भने, ‘६ गते घर आएपछि फेरी समस्या भयो भन्दै भरतपुर अस्पतालमा उपचार गराउन गएका हुन् ।’ त्यस अघि उनले आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा पनि स्वास्थ्य जाँच गराएका थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा कोभिड १९ को संक्रमण पुष्टि भएपछि भदौ १० गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको अध्यक्ष खनालले बताए । शुक्रबार उनको मृत्यू भएको अस्पतालले जनाएको छ । शुक्रबार मृत्यू भएका पुरुष गोरखास्थित शहीद लखन गाउँपालिकाको नयाँपुलमा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।  

उपचार गराउन गएका पुरुषमा कोरोना संक्रमण देखिएपछि आसपासका ५६ जनाको कन्ट्याक्ट ट्रेसिङ मार्फत कोरोना जाँचका लागि स्वाब संकलन गरिएको थियो । रिपोर्ट भने अझै आएको छैन ।  

योसंगै गोरखामा कोरोनाका कारण मृत्यू हुनेको संख्या दुई पुगेको छ । यसअघि पालुङटार नगरपालिका ७ का एक पुरुषको पनि गत असार १९ गते कोरोनाका कारण मृत्यू भएको थियो । उनी विदेशबाट फर्किएर क्वारेन्टिनमा बस्दाबस्दै मृत्यू भएको थियो ।

प्रकाशित: १२ भाद्र २०७७ ११:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App