७ वैशाख २०८१ शुक्रबार
समाज

जीवजीवे ग्रामीण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

रसुवाको जीवजीवे ग्रामीण अस्पतालका एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी २७ वर्षीय महिला हुन् । उनलाई अस्पतालमा काम गर्ने क्रममा नै कोरोना संक्रमण भएको हो ।  

योसँगै हालसम्म जिल्लामा १५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये १३ जना निको भएर घर फर्किसकेका छन् । कार्यालयका अनुसार जिल्लाको नौकुण्ड गाउँपालिकामा ९, उत्तरगयामा ३ र कालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।  

जिल्लामा हालसम्म ४ सय ५२ वटा स्वाब संकलन गरिएको छ । जसमा २ सय ७३ को नतिजा नेगेटिभ आएको छ । अब १ सय ६४ वटाको नतिजा आउन बाँकी छ । जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ ।

प्रकाशित: ७ भाद्र २०७७ ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App