२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश १ मा थपिए १ सय २ कोरोना संक्रमित

प्रदेश १ मा शनिबार १ सय २ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो।  

मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्दरहरैँचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिला रहेका छन्।  

मन्त्रालयका अनुसार सुनसरीको दुहबीमा १२ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको कोरोना भाइरस (कोभिड १९) रिपोर्ट पोजेटिभ आएको छ। 

झापाको दमकका ३ महिला १३ पुरुष, भोजपुरको अरुण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ। प्रदेश १ मा हाल सम्म १ हजार २४३ जना डिस्चार्ज भएका छन्।

प्रकाशित: ६ भाद्र २०७७ ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App