२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फेरि फैलिँदै कोरोना संक्रमण

छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरूमा कोरोना संक्रमण तीव्र भएको छ। यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ। केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयले संक्रमण दर उच्च हुँदै गए लकडाउनसम्म हुन सक्ने संकेत गरेको छ।

कोरोनाबाट विदेशमा थप एक नेपालीको निधन

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण निधन भएको हो।

भारतमा बुधबार मात्र थप १६ हजारमा कोरोना संक्रमण

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड १० लाख ४६ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ७ सय३८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ४६ हजार ९ सय१४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ।

व्यवसायीको प्रश्नः दिनहुँ आमसभा गर्दा केही नहुने, तर, विदेशी आउँदा कोरोना सर्ने ?

राजनीतिक दल र सरकारले दिनहुँजसो हजारौं नागरिक भेला गराएर आमसभा गर्दा कोरोना संक्रमण नहुने, तर विदेशी पाहुना घुम्न आउन खोज्दा कोरानाको त्रास देखाउँदै कडाई गरेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् ।

विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३६ पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा बस्ने यो साता एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघकाअनुसार यो साता बेलायतमा बस्ने १ जनाको संक्रमणबाट मृत्यु भएको हो। योसहित २१ विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ।

कोरोना घटेकै हो त ?

नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन्। पछिल्लो तथ्यांकहरूले दैनिक संक्रमण र मृत्युदर दुवै कमी हुँदै गएको भने देखिएको छ।

कोरोना संक्रमणदर ४.७ प्रतिशत

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण दर ४.७ प्रतिशत देखिएको छ । २४ घण्टामा ३ हजार २ सय २१ वटा नमुना परीक्षण गरिएकामा १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विकासदेखि विपद्का नाममा अनियमितता

सात दिनको त्रिपालको भाडा ६ लाख ७० हजार ! दुईजनाको चियानास्ता खर्च १ लाख २९ हजार ! सुन्दा अपत्यारिलो लाग्न सक्छ। तर सप्तरीको छिन्नमस्ता गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणमा देखाएको खर्च विवरण हो यो। यस गाउँपालिकामा विकासको बजेटदेखि विपद्को बजेटमा व्यापक अनियमितता भएको पाइएको छ।

राष्ट्रियसभाका एक जना सांसदसहित ६ जनामा कोरोना संक्रमण

राष्ट्रियसभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। आजदेखि सुरु हुन लागेको राष्ट्रियसभाको हिउँदे अधिवेशनअघि कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जनाएको छ।

के घटेकै हो कोरोना संक्रमितको संख्या ?

भारतमा कोरोना संक्रमण घटेपछि नेपालमा पनि संक्रमण घटेको विज्ञहरुको विश्लेषण गरेका छन्। राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणमा भारतको प्रभाव परेको र भारतमा घटेसँगै नेपालमा घट्दै गएको बताए।

‘ढोका त खोल्यौं तर भित्र पस्ने पाहुना छैनन्’

कोरोना संक्रमणसँगै बन्द रहेको यहाँको एउटा चारतारेस्तरको रिसोर्ट दुई महिनाअघि सञ्चालनमा आयो। सुरुमा केही आकारमा आन्तरिक पाहुना पाउँदा रिसोर्ट कर्मचारी उत्साही पनि बने। त्यो उत्साह दसैं–तिहारसम्म कायम रह्यो। तर, ६१ कोठाको उक्त रिसोर्टमा अचेल १० प्रतिशत हाराहारीमा मात्र पाहुना छन्।

थप १ हजार २४ जनालाई कोरोना संक्रमण, १० को मृत्यु

हाल देशभर कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ रहेको छ। कोरोना मुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ रहेको छ।

प्रदेश १ का प्रदेश प्रमुखलाई कोरोना संक्रमण

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना भाइरसको संक्रमण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्