८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश १ का प्रदेश प्रमुखलाई कोरोना संक्रमण

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना भाइरसको संक्रमण भएको छ।

प्रदेश प्रमुखका सचिवालय सदस्य खेमराज अधिकारीकाले प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। ७२ वर्षीय प्रमुख अधिकारीसँग उनकी ६४ वर्षीया श्रीमती जानुका अधिकारी र एक जना सुरक्षाकर्मीसमेत संक्रमित भएका छन्। कोरोना पुष्टि भएपछि प्रमुख अधिकारी निवासमै आइसोलेसनमा रहेका छन्।

पोखरामा उनको छोरालाई समेत संक्रमण भएको बताइएको छ भने प्रमुख अधिकारी बिहीबार मात्रै पोखरबाट विराटनगर फर्किएका थिए। आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरे यस अघिनै कोरोना संक्रमण मुक्त भई आफ्नो नियमित काममा फर्किएका छन्।

प्रकाशित: १३ मंसिर २०७७ १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App