१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट रेडक्रसकर्मीको निधन

कोरोना संक्रमणबाट बागलुङका रेडक्रसकर्मी युवाको निधन भएको छ । जिल्लाको जैमिनी नगरपालिका–७ का ३७ वर्षिय युवाको मंगलबार बिहान धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ज्वरो आउने र स्वासप्रश्वासमा समस्या देखिएपछि उनी गत पुस २१ गते धौलागिरी अस्पताल भर्ना भएका थिए ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण भएकाले उनलाई त्यही अनुसार उपचार गरिएको थियो । पछि परीक्षण गर्दा पनि कोरोना पुष्टि भएको थियो । मंगलबार बिहान उनको सघन उपचारकक्ष (आइसियु)मा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए ।  

‘केहीदिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा जटिलता थपिएपछि अस्पतालमा भर्ना भएका थिए, गौतमले भने, ‘कसरी संक्रमित भए भन्ने स्रोत खुलेको छैन ।’ रेडक्रस, मानवअधिकार तथा शान्ति समाज लगायतका सामाजिक संस्थामा कृयाशिल युवाको निधनले जैमिनी नगरपालिकाका बासिन्दा स्तब्ध भएका छन् । सोमबार पनि जैमिनी–८ का ५६ वर्षिय पुरुषको कोरोनाकै कारण मृत्यु भएको थियो । उनको मृत्युसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ११ पुगेको छ ।

प्रकाशित: २८ पुस २०७७ ०७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App