९ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोना संक्रमण बढेपछि ‘आफ्नो घर, आफै शिल’

कोरोना भाइरसको उच्च जोखिम बढ्न थालेपछि दैलेखका गाउँगाउँमा स्थानीयहरुले आआफ्नो घर शिल गरेका छन्। उनीहरुले बाहिर वा गाउँकै अन्य ब्यक्तिहरु घरमा सहज छिर्न नपाउन भनेर घर शिल गरेका हुन्।

१० दिनपछि रिपोर्ट, संक्रमित समुदायमा घुलमिल

बैतडीको शिवनाथ गाउँपालिकाका २१ जना कोरोना संक्रमण भेटिए । जेठ २३ स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न धनगढी पठाइयो । सेती प्रादेशिक अस्पतालले १० पछि कोरोना पोजिटिभ भएको पुष्टि गर्यो । स्वाब संकलन गरी एक हप्ताको लागि होम क्वारेन्टिनमा बस्न भनियो । रिपोर्ट आउँदासम्म होम क्वारेन्टिन अवधि पार गरी संक्रमित समुदायमा घुलमिल भइसकेका थिए ।

वीपीबाट झापाका ४ जना संक्रमित डिस्चार्ज

आज डिस्चार्ज हुने चारै जना झापा जिल्लाका हुन् । उनीहरु बर्ष २२ देखि ३५ उमेर समुहका भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानबाट निको भएर हालसम्म ११४ जना डिस्चार्ज भइसकेका छन् । ‘उहाँहरुको पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो, ’ डा.सापकोटाले भने ।

कोरोना उपचार कोषबाट २३ करोड खर्च गर्ने निर्णय

विदेशबाट आएका नागरिकहरूबाट कोरोना संक्रमण फैलिन नदिनका लागि बनाइएको क्वारेन्टीनमा विभिन्न खालका समस्या देखिएपछि अव मापदण्ड नपुगेका क्वारेन्टीनहरूको मर्मत तथा सुधार गरिने भएको छ ।

विदेशबाट आएकामा कोरोनाको कडा लक्षण

एक साताभित्र विभिन्न देशबाट नेपाल ल्याइएका कोरोना संक्रमितहरुमा कडा खालको लक्षण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार उनीहरुमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने लक्षणहरु छन्।

कर्णालीमा ३४२ कोरोना संक्रमित डिस्चार्ज

भारतमा कोरोना संक्रमण फैलिँदै जाँदा रोजगारी गुमेका दैलेख आठवीस नगरपालिका–१, सात्तलास्थित ३५ वर्षीय युवक घर फर्किने निधामा पुगे।

कोरोनाको हटस्पट बनेको कपिलवस्तुमा रोकियो कन्ट्याक्ट ट्रेसिङ

कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा कोरोना संक्रमित पुष्टी भएकाहरुसंग सम्पर्कमा रहेको ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ रोकिएको छ । एकातिर नयाँ निर्देशिका अनुसार लक्षण नदेखिएका संक्रमितलाई बिना पिसिआर जाँच घर पठाइने गरिएको छ ।

रोल्पामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

मंगलवार रोल्पामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले रोल्पाका १ जना पुरुषमा कोरोना संक्रमण भएको बताएका हुन । स्वास्थ्य कार्यालय रोल्पाका अनुसार उनि सुनिलस्मृती गाउँपालिकाका २४ वर्षिय पुरुष हुन् ।

कोरोना नियन्त्रणबारे कांग्रेसले दियो सरकारलाई १३ सुझाव (ज्ञापनपत्रसहित)

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनत्रपमा सरकारको गैरजिम्मेवारीपन, अकर्मण्यता, असक्षमताले देशभरि संक्रमण फैलिएको आरोप लगाइएको छ।

थप ३८० जनामा कोरोना, संक्रमितको संख्या ६ हजार पाँच सय ९१

मंगलबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयकाे प्रवक्ता जागेश्वर गाैतमका अनुसार कुल सं‌क्रमितको संख्या ६ हजार पाँच ९१पुगेकाे बताएका छन् । मंगलबार थपिएकामा २८ महिला र तीन सय ५२ पुरुष रहेकाे छन् ।

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ६७ पुग्यो

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको छ । मंगलबार दिउँसो थप एक सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको प्रदेश २, सामाजिक विकास मन्त्रालयका सचीव रामप्रसाद घिमिरेले बताए ।

कुवेतबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ

पाँचथरमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । हालै कुवेतबाट आएकी एक जना २५ वर्षिया युवतीमा कोरोना पोजेटिभ देखिएको हो । पाँचथर बहुमुखि क्याम्पसको क्वारेन्टिनमा राखिएकी फिदिमकी युवतीमा कोरोना पोजेटिभ देखिएको हो ।

कर्णालीमा थप नौ जनामा कोरोना संक्रमण

कर्णालीमा मंगलबार थप नौजना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ८६ पुगेको छ ।

व्यवस्था फेरियो, अवस्था फेरिएन

देशमा व्यवस्था फेरिए पनि अवस्था भने उस्तै छ। जसले गर्दा समयमा काम नगर्ने, हतारको काम गतिलो नहुने समस्या बर्षेनी दोहोरिन्छ। मुलुकमा गणतन्त्र आयो, चुनाव भयो, गाउँमा बजेट चलाउने अधिकारसहितको सरकार छ तर पनि आर्थिक बर्ष सुरु भएको ११ महिना बिति सक्दा समेत विकासले गति लिएको छैन। आर्थिक बर्षको अन्तिम एक महिना बाँकी रहँदासमेत रोल्पामा कुनै पनि सरकारी निकायले गतिलोसंग काम गरेका छैनन्। पहिलेका आर्थिक बर्षहरुमा पनि यस्तै गरेका उनीहरुलाई यो बर्ष कोरोनाले काम गर्न नदिएको बहाना मिल्ने भएको छ।

कोरोनाबीच व्यावसायिक पर्यटनको पुनर्जीवन

सन् १९५८ मा नेपाल एयरलाइन्सको स्थापनाले नेपाल पर्यटकको निम्ति सहज पहुँच बन्न पुग्यो । ‘शाह एन्ड राई’ नामक नेपालमा पहिलो ट्राभल एजेन्सी खुलेको थियो, सन् १९५९ मा । यस्तै, १९६५ मा पहिलो पाँचतारे होटल अन्नपूर्णको स्थापनासँगै व्यावसायिक पर्यटन मौलाउन थाल्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्