१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वीपीबाट झापाका ४ जना संक्रमित डिस्चार्ज

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर डिस्चार्ज भएका छन् ।

आज डिस्चार्ज हुने चारै जना झापा जिल्लाका हुन् । उनीहरु बर्ष २२ देखि ३५ उमेर समुहका भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानबाट निको भएर हालसम्म ११४ जना डिस्चार्ज भइसकेका छन् । ‘उहाँहरुको पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो,’डा.सापकोटाले भने । उनका अनुसार प्रतिष्ठानमा हाल ५४ जना संक्रमितहरु उपचाररत अवस्थामा छन् ।

७ हजार बढी पिसिआर परीक्षण

वीपी प्रतिष्ठानमा आजसम्म ७ हजार बढी स्वाबको नमुनाहरुको पिसिआर परीक्षण भएको छ । प्रवक्ता डा.सापकोटाका अनुसार हालसम्म ७ हजार ८८ स्वाब परीक्षण गरिएको छ । कुल परीक्षण गरिएको स्वाबमध्ये २ सय ३ मात्र रिपोर्ट पोजेटिभ आएको छ । बाँकी ६ हजार ८ सय ८५ स्वाबको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।  

प्रकाशित: २ असार २०७७ १५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App