९ आश्विन २०८१ बुधबार
image/svg+xml

ताप्लेजुङमा कोरोना संक्रमण रोक्न काबेलीको हेल्थ डेक्स मंसिर सम्म रहने

अहिले सम्म कोरोना संक्रमित फेला नपरेको ताप्लेजुङमा संक्रमण फेला नपर्ने अवस्था कायम राख्न सीमा क्षेत्र काबेलीमा स्थापित हेल्थ डेक्सलाई आउँदो मंसिर महिना सम्म कायम राखिने भएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिले संक्रमण बिहिन जिल्लाको रुपमा ताप्लेजुङलाई कायम राख्न सीमा क्षेत्र काबेलीमा रहेको हेल्थ डेक्सलाई कायम राख्ने निर्णय लिएको हो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सीमा क्षेत्र आवत जावतमा कडाई गर्ने नीति अनुरुप हेल्थ डेक्सलाई थप प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए ।

भारतमा कोरोनाभाइरस संक्रमित तीन लाख ४३ हजार नाघे

भारतमा एक दिनमा १० हजार ६६७ जना कोरोना भाइरस संक्रमित भएका छन्। यद्यपी शनिबार र आइतबारको तुलनामा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ।

उदयपुरमा १ सय बेडको कोरोना अस्पताल बन्ने

नेपालमा सुरुवाती चरणमै कोरोना भाईरस (कोविड–१९) का ३२ संक्रमित उदयपुरमा देखिएर त्रसित बनाएको जिल्लाबासीले उदयपुरमै कोरोना अस्पाल खोल्न गरेको माग पुरा हुने भएको छ । वैशाख पहिलो सातादेखि अन्तिमसम्ममा त्रियुगा नगरपालिका ३ को भुल्केस्थित नुरी मस्जिदका जमातिसहित स्थानीय गरी ३२ मा कोरोना भेटिएपछि उदयपुरमै अस्पताल खोल्नुपर्ने माग स्थानीयतहहरुले गरेका थिए ।

कोरोना भाइरसबाट विश्वमा ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु, ८१ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार २०४ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ८१ लाख १८ हजार ९०४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

रिपोर्ट नआउँदै घर पठाइएका १७ जना संक्रमित

बैतडीको शिवनाथका सोमबार कोरोना संक्रमण पुष्टि भएका २१ जनामध्ये १७ जना यसअघि नै घर गएको पाइएको छ । एक हप्ता अघि स्वाब संकलन गरी रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको हो । व

अत्यधिक कोरोना संक्रमणले बढायो त्रास

रौतहटमा अत्यधिक कोरोना संक्रमित फेला पर्न थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । रौतहटमा सोमवार एकैदिन अहिलेसम्मकै उच्च १०२ जना कोरोना सक्रमित फेला परेको हो ।

उपत्यकाका पाँच जना सहित थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जनाएकाे छ । याे सँगै कुल संक्रमितको संख्या ६ हजार दुई सय ११ जना पुगेको छ । हालसम्म १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले बताएका छन्।

‘कोरोना कहरका बीचमा भगाउँदै डर, लागियो मेट्न रहर’

उक्त हरफ पोखरास्थित त्रिभुवन शान्ति नमुना विद्यालयमा अध्ययनरत छात्रा भुमिका पौडेलको कविताबाट लिइएको हो । कक्षा ९ मा अध्ययनरत पौडेलले विश्व बाल कविता महोत्सवमा अहिलेको यस कोरोना महामारीसँग सम्बन्धित ‘गरिबको कथा’ शीर्षकको कविता प्रस्तुत गरेकी छन् । उनको कविता शैली थिएटरको अफिसियल युट्युब च्यानल बाट प्रसारण जेठ ३१ गते प्रसारण भएको थियो ।

कोरोना महामारी : अग्रपंक्तिमा खटिने महिला स्वास्थ्यकर्मी समस्यामा

कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका छन् स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी । सञ्चारकर्मी र सुरक्षाकर्मीको तुलनामा स्वास्थ्यकर्मी बढी जोखिममा छन् ।

कपिलवस्तुमा १२ जना संक्रमित थपिए

कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ६ सय ४६ पुगेको छ । स्वास्थ्य कार्यालय, कपिलवस्तु अजुसार बाणगंगा नगरपालिकामा ९ जना र बिजयनगर गाउपालिकामा ३ नजा संक्रमित थपिएका हुन् ।

एउटै वडामा ४६ जना कोरोना संक्रमित भेटिए

कर्णालीमा आइतबार मात्रै एक सय १० जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। दैलेखमा ९१ र सुर्खेतमा १९ जना कोरोना संक्रमित भेटिएका हुन्।प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा दैलेखका ८८ र सुर्खेतका १९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

क्वारेन्टिनमा दिनहुँ तनाव

दैलेखका विभिन्न क्वारेन्टिनमा रहेका कोरोना संक्रमितले थप नगरेको र भएकाहरुको पिसिआर रिपोर्ट आउन ढिलाई भएको भन्दै दैनिक गर्ने आन्दोलनले तनावपूर्ण स्थिति हुने गरेको छ। उनीहरुको चेक जाँच नियमित हुनुपर्ने, थप परीक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट आउन ढिलाई भएको र क्वारेन्टिन ब्यवस्थापन राम्रो नभएको लगायतका माग राख्दै उनीहरु आन्दोलत हुने गरेका छन्।

कर्णालीमा १ सय १० नयाँ कोरोना संक्रमित थपिए

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार एक सय ७ जनामा कोरोना भाइरसका नयाँ विरामी फेला परेका छन् भने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३ जना कोरोना भाइरसका विरामी थपिएका छन्। सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति निकाल्दै नयाँ संक्रमितहरुको संख्या सार्वजनिक गरेको हो।

कोरोना भाइरसबाट विश्वमा ४ लाख ३५ हजार भन्दा बढीको मृत्यु, करिब ८० लाख संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३५ हजार ६८१ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ७९ लाख ९७ हजार ६०९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

कोरोना जाँचमा दोस्रो जुम्ला, पहिलो काठमाडौँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्