७ आश्विन २०८१ सोमबार
image/svg+xml

छिमेक लघुवित्तद्वारा कोरोना कोषमा सहयोग

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिलाई खाद्यान्नसहित बिभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

व्यावसायी बाच्न सक्ने संकेत : व्यावसायी

कोरोना भाइरस संक्रमणका कारण आर्थिक रुपमा धरासायी बनेकोले कर्जाको साँवा र ब्याज तिर्न नसक्ने भन्दै पर्यटन र यातायात व्यावसायीले सबैभन्दा बढी जोडतोडका साथ उठाएको विषय थियो–पूर्नकर्जा, ऋणको साँवा–ब्याज तिर्ने समय थपिनुपर्ने, कर्जा पुर्नसंरचना तथा पूनर्तालिकीकरण गरिदिनुपर्ने ।

प्रहरीको कुटाइबाट कोरोना संक्रमित युवकको हात भाँचियो

प्रहरीको कुटाईबाट गम्भीर घाइते कोरोना संक्रमित युवकलाई पाँच दिनपछि उपचार सुरु भएको छ। उनको दायाँ हात भाँचिएको छ। हातको अप्रेशनका लागि कर्णाली प्रदेश अस्पतालले नेपालगञ्ज रेफर गरेको छ।

कोरोना बीचमै सुरक्षित दैनिकी कसरी ?

सरकारले लामो समयको लकडाउनले ठप्प भएको दैनिक कामकाजलाई नियमित गर्न मिल्ने गरी लकडाउन खुकुलो पारेको छ । निजी जोर/बिजारे गाडी चल्ने गरी र सीमित मात्र यात्रु राखेर चलाउने गरी सार्वजनिक वस । यसको साथै अत्यावश्यक व्यवसाय समेत संचालन गर्न मिल्ने गरी खुकुलो पारेको छ । तर कोरोना संक्रमणको जोखिम भने उत्तिकै रहेकोले सुरक्षा अपनाउन दैनिक अनुरोध गरिरहेको छ ।

कोरोनाबाट थप एककाे मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ बर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

रोल्पामा १३ जनामा कोरोना संक्रमण

शुक्रबार रोल्पामा १३ जना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा रोल्पा नगरपालिका वडा न. ४ मा एक जना र वडा न. १० मा १२ जना गरि १३ जनामा संक्रमण पुष्टी भएको हो ।

कोरोनाका कारण उच्च आर्थिक अनिश्चितता रहेको दक्षिण कोरियाको ठहर

कोरोनाका कारण विश्वभरी नै अझै केही समय उच्च आर्थिक अनिश्चितताको अवस्था रहने दक्षिण कोरियाले ठहर गरेको छ ।

रसुवा कोरोना मुक्त

रसुवा शुक्रबारदेखि कोरोना मुक्त भएको छ । जिल्लाका सबै कोरोना संक्रमित निको भएसँगै जिल्ला कोरोना मुक्त भएको हो ।

२८५ जना डिस्चार्ज हुँदा १०१ जनामा संक्रमण

शुक्रबार थप एक सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गानैतमकाअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार चार सय ४५ पुगेको छ । शुक्रबार चार हजार ६ सय ८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएकोमा एक सय एक जनामा संक्रमण देखिएको थियो ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ ।

प्रदेश २ : कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो, बेवास्ताले संक्रमणको जोखिम बढ्दै

पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय जेष्ठ नागरिकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उनी चार दिनअघि उपचारका लागि प्रतिष्ठान पुगेका थिए।

खोटाङका सबै संक्रमितले जिते कोरोना

कोभिड–१९ बाट संक्रमित खोटाङका ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोभिड–१९ बाट संक्रमित भएका जिल्लाका ११ जनामध्ये सबै संक्रमित उपचारपछि घर फर्किएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

विश्वमा कोरोना भाइरसबाट ८२ लाख ८४ हजार भन्दा बढी व्यक्ति संक्रमण मुक्त

विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्तिमा ८२ लाख ८४ हजार २८५ व्यक्ति संक्रमण मुक्त भएका छन्।

पर्यटक सवारीको अर्बौ लगानी जाेखिममा

पोखराको यात्री बस प्रालिले पछिल्लो डेढ वर्ष अवधिमा सुविधासम्पन्न पाँचवटा सवारी भित्र्याउँदा तीनकरोड रुपैयाँ लगानी ग-यो। दुईठुला आकारका सुविधासम्पन्न बस त कोरोना भाइरस संक्रमणका कारण आन्तरिक लकडाउन सुरु हुनु केही दिन अघिमात्र भित्र्याइएको थियो।

बीपी प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने सप्तरी जिल्लाको ७३ बर्षीय पुरुष रहेको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्